रवि लामिछानेको पार्टीले पनि चुनावी तालमेल गर्ने,बनायो उच्चस्तरीय वार्ता समिति

हिमाली आवाज । आसन्न प्रतिनिधिसभामा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी तालमेल गर्ने भएको छ । सो पार्टीले तालमेलका विषयमा वार्ता छलफलका लागि उच्चस्तरीय वार्ता समिति बनाएको छ ।

बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति बनाइएको हो । वार्ता समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली, डा.अरनिको कुमार पाण्डे, सुमना श्रेष्ठ र गणेश कार्की रहनुभएको छ ।

बैठकले यसअघि गठन गरिएको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ । केन्द्रीय सदस्य पाण्डेको नेतृत्वमा सो समिति गठन गरिएको पार्टी प्रवक्ता डा.मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments
Loading...