हिमाली आवाज । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीको अध्यक्षमा खड्ग हमाल चयन हुनुभएको छ ।सो पार्टीको आज पोखरामा भएको भेलाले हमाललाई अध्यक्षमा र पूर्ण लामालाई उपाध्यक्षमा चयन गरेको हो ।
हालका पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्य गत वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरकापालिका प्रमुखमा निर्वाचित भएपछि हमालले कार्यबाहक अध्यक्ष् भएर जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
पोखरा –२१ कृष्ति स्थायी घर हुनुभएका हमाल पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिनुहुन्छ । उहाँ विसं २०३६ देखी विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नुभयो ।

उपाध्यक्षमा चयन हुनुभएका लामा हाल यसअघि पार्टीको उपसचिव हुनुहुन्थ्यो । उहाँ समाजवादी निकट युवा सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
नेकपा(एकीकत समाजवादी)को जिल्ला कमिटी १६९ सदस्यीय छ । जिल्ला अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर छ जना पदाधिकारी रहने व्यवस्था रहेको बताइन्छ ।
जिल्ला कमिटीमा ५५ सदस्सीय सचिवालय छ भने समावादीका जिल्लामा पाँच हजार १०० जना सङ्गठित सदस्य रहेको सो पार्टीले जनाएको छ ।