पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति विजयी

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी हुनुभएको छ ।

यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशन अन्तर्गत शनिबार भएको मतदानको आज साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुुसार प्रजापतिले एक हजार ६१३ मत प्राप्त गरेर विजयी हुँदा प्रत्याशी अर्जुन पोखरेलले ८९७ मत प्राप्त गर्नुभयो ।अध्यक्ष पदमा विजयी प्रजापति हाल वरिष्ठ उपाध्यक्ष र पोखरेल बाणिज्यतर्फको उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की एक हजार ७७६ मत सहित विजयी हुनुभयो । उहाँका प्रत्याशी हरिहर सापकोटाले ७३८ मत ल्याउनुभयो ।

उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी एक हजार ७९१ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याउनुभयो ।
वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्तगर्दा उहाँका निकटतम प्रतिस्पर्धी सोवित पौडेलले ८७८ र अर्का प्रत्याशी कुमारी मुना बास्तोलाले ६४८ मत ल्याउनुभयो ।

महासचिव पदमा ९१० मत प्राप्त गरी बलराम आचार्य विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ मत पाउँदा अर्का प्रत्याशी तारानाथ ढुंगानाले ७५९ मत ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ ।

\यसैगरी कोषाध्यक्ष पदमा एक हजार ५९९ मतसहित दिनेशचन्द्र बास्तोला विजयी हुनुभयो । प्रत्याशी हरिराज पन्तले ९०५ मत प्राप्त गर्नुभयो भने उपमहासचिवमा शोभा गौतम एक हजार ७५५ मतसहित विजयी हुँदा हर्कबहादुर अधिकारीले ७५८ मत पाउनुभयो ।

महाधिवेशनबाट कार्यसमितिको सदस्य पदमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दिलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी हुनुभएको छ ।वस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लेखनाथ सुवेदी र लीलाधर चापागाईं विजयी हुनुभएको छ ।

Comments
Loading...