माओवादी केन्द्र कास्कीबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस(नामावली सहित)

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको छ ।माओवादीले प्रनिधिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिबाट पठाइएका नामहरु संशोधन सहित प्रदेश सभामा सिफारिस गरेको हो ।

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचिनमा प्रत्यक्ष र समानुपातिकमा गरी ४५ जनाको नाम सिफारिस गरिएको माओवादी कास्कीले जनाएको छ ।
प्रतिनिधिसभाका लागि राजकाजी गुरुङ ‘करण’, योशादा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछानेको नाम सिफारिस भएको छ ।

यसैगरी प्रदेश सभा क्षेत्रनम्बर १ क मा दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम सिफारिस भएको छ । क्षेत्र नं १(ख) मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर २ मा सुमन देवकोटा र गंगा पोखरेलको नाम पठाइएको छ ।

प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस हुनुभएको छ भने क्षेत्र नं २ (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको बताइन्छ ।

कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टेकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम भएको छ । यसैगरी ३ (ख) बाट त्रिभुवन पौडेल, अग्नि कँडेल, दुर्गादत्त भण्डारी, हरिप्रसाद भण्डारी र गोविन्द अधिकारीको पठाइएको छ ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ सोमति गुरुङ, बखानसिंह गुरुङ, राजकुमार दुलाल, जुवेदा खातुन र अनिता भूर्तेल सिफारिस हुनुभयो।
प्रदेशसभामा समानुपातिकतर्फ अलिसा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेलको नाम सिफारिस माओवादीले जनाएको छ ।

जिल्लाबाट पठाइएका नामहरुलाई आवश्यक राय सहित प्रदेश समितिले केन्द्रमा सिफारिस गर्नेछ । सत्ता गठबन्धनमा रहेको माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट पाउने गरी छलफल भइरहेको बताइन्छ ।

Comments
Loading...