सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा कास्कीका अधिकारी नियुक्त

हिमाली आवाज । काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कास्कीका तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गर्नुभयो ।

हाल विभागको महानिर्देशक रहनुभएका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर त्यहाँ अधिकारीलाई पठाइएको हो।

सरुवाको निर्णय भएका अधिकारी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत हुनुहुन्छ । यही ५ भदौमा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो।

अधिकारीले यसअघि पर्यटन विभागमा २० महिना महानिर्देशक हुनुभयो भने त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई वर्ष काम गर्नुभयो ।

Comments
Loading...