राष्ट्रिय खेलकुद सानदार सम्पन्न गर्न आत्मविश्वास बढ्यो : खेलकुदमन्त्री गहतराज

हिमाली आवाज । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले आज पोखरामा आयोजना गरेको खेलस्थल सार्वजनिक कार्यक्रममा उहाँले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतियोगिताका धेरै काम प्रक्रियागत रुपमा अघि बढेको र मुल आयोजक समिति सहितका विभिन्न उपसमितिहरुबाट व्यवस्थित काम भएकाले प्रतियोगिता सानदार भव्य गरी सम्पन्न गर्न आत्मविश्वास बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ प्रतियोगिता अन्तर्गतका धेरै काम व्यवस्थित अघि बढेका छन् । विगतका कमजोरी सुधारेर प्रतियोगिता भव्य बनाउँछौँ भन्ने आत्मवल बढेको छ ।”

मन्त्री गहतराजले विगतका कमीकमजोरीबाट शिक्षा लिएर कसरी राम्रो गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रीत गर्न सरोकारवाला सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“विगतका कमजोरी नवौँ राष्ट्रिय खेलकुदमा दोहोरिन दिइने छैन । प्रतियोगिता सभ्य र भव्य बनाइने छ ।”

Comments
Loading...