देशभरबाट दुई लाख ३२ हजार जनाको म्यादी प्रहरीमा आवेदन

हिमाली आवाज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाख ३२ हजार ८८ दरखास्त परेको छ ।

देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म दरखास्त संकलन गरेको थियो । दरखास्त दिनेहरु मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् ।

म्यादी प्रहरीमा भर्ना हुन १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिलाले आवेदन दिएका छन् । असोज ९ बाट म्यादी प्रहरीको छनोट शुरु हुन्छ । काठमाडौं उपत्यकामा ९ हजार ७१ जनाले दरखास्त दिएका छन् ।

Comments
Loading...