मर्दी पदयात्रामा पर्यटकसँग पालिकाले पर्यटन शुल्क लिन सुझाव

हिमाली आवाज । कास्कीमा अवस्थित विश्वप्रख्यात मर्दी हिमाल पदयात्रालाई व्यवस्थित गर्न त्यहाँ आउने पर्यटकसँग पर्यटन शुल्क उठाउनुपर्ने सुझाव दिइएको छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिको सातौँ अधिवेशनको शनिबार पोखरामा भएको कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले मर्दी पदयात्राको पर्यटन व्यवसायलाई कानुनी रुप्मा मान्यता दिएर व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो।
सो अवसरमा गुरुङले मर्दी पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग पालिकाहरुले एक सय वा पचास रुपैयाँ भएपनि प्रवेश शुल्क लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“स्थानीय सरकारलाई पर्यटन शुल्क लगाउने अधिकार छ । त्यसो गरिए यसलाई व्यवस्थित गर्न सकिन्छ । यहाँ आउने पर्यटनको एकिन संख्या थाहा हुनछ, पालिकालाई आम्दानी पनि हुन्छ ।”
आयोगका सदस्य गुरुङले पर्यटकबाट लिइएको शुल्क पर्यटन क्षेत्रका लागि खर्च गनुपर्नेमा जोड दिनुभयो । “त्यहाँको होटल व्यवस्थापन, क्षमता बढाउन, भाषा, नक्सा र प्रमोसनका गतिविधिका लागि पर्यटकबाट उठेको पैसा लगाउन सकिन्छ । माछापुच्छ्े र अन्नपूर्णका अध्यक्षहरुलाई यही सल्लाह दिन्छु ।” गुरुङले भन्नुभयो।

सो अवसरमा गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र(एक्याप) चाहिदैन भनेर कानुनी हिसाबले भन्न नमिल्ने बताउनुभयो । नेपालले विश्वसामु हस्ताक्षर गरेर सन् २०३० सम्म ३० प्रतिशत संरक्षण क्षेत्र पु¥याउछु भनेपनि हालसम्म २३ प्रतिशत मात्र रहेकाले एक्याप हटाउँछु भनेर बोल्नु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“अन्तरर्ताष्ट्यि प्रतिवद्धता गरेका छौँ, स्थानीय चुनावमा धारा, सिँचाई ल्याइदिन्छु भनेर ढाँढे जस्तो होइन । अन्तर्राष्ट्यि प्रतिवद्धता पूरा नगरे उनीहरुको सूचीबाट हटाउने छन्।” संरक्षण क्षेत्र र सामुदायिक वनका कारण नेपाल विश्वमा संरक्षणको लिडर रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशसभासदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बरालले मर्दी पदयात्राको दीगो विकास आवश्यक रहेको बताउँदै पर्यटकलाई स्थानीय उत्पादनले सेवा दिनुपर्ने बताउनुभयो ।उहाँहरुले मर्दीको सीमा विवादलाई माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले समझदारीका आधारमा टुँगो लगाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माछापुच्छ«े गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, नेपाली काँग्रेस माछापुच्छ्ेका सभापति विरेन्द्र गुरुङ, नेपाली काँग्रेस क्षेनत्र नं ३का क्षेत्रीय सचिव मेखबहादुर तामाङ, नेकपा(एमाले)माछापुच्छ्े गाउँपालिका सचिव दुर्गाबहादुर क्षेत्री, माछापुच्छ्रे वडा नं ८ का वडाध्यक्ष राम गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडाध्यक्ष भरतमान गुरुङ, माछापुच्छ«े मोडल ट्रेक व्यवस्थापन समितिका सविच कुलप्रसाद अधिकारी लगायतले मर्दी पदयात्रामा पर्यटक वृद्धि गर्न पूर्वाधार विकासमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजकुमार तामाङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।समितिको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको छ ।

Comments
Loading...