अन्नपूर्ण प्रथम हिमाल चढ्न कतारकी राजकुमारी म्याग्दीमा

हिमाली आवाज । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी आउनुभएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ। इलाइट ट्रेकिङ कम्पनीमार्फत् उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो ।

काठमाडौंबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत् अन्नपूर्ण–३ दानामा आएका हुन्।आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) ले अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।

‘हाम्रो आरोहण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ। राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौं,’ पुर्जाले भन्नुभयो, ‘बन्दोबन्दीका सामग्री हेलिकप्टरमार्फत् अन्नपूर्ण आधार शिविर पुगिसकेको छ। त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन्।’

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, ल्होत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसक्नुभएको छ ।कीर्तिमानी आरोही पुर्जा र राजकुमारी अल्थानीलाई दानाका जनप्रतिनिधि र बासिन्दाले भव्य स्वागत गरेका छन्।

Comments
Loading...