हेमजा आलु महोत्सवमा कृषि गीत

हिमाली आवाज । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत आज तेस्रो दिन मंगलवार जैविक विविद्यता सम्बन्धी कृषि गीत प्रतियोगिता भएको छ ।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको उक्त प्रतियोगितामा वडा नं. ३३ को कृषि संजाल प्रथम, पुरुन्चौर स्थित उपकार आमा समूह द्वितीय,पोखरा २२ पुम्दीभुम्दी स्थित वेमौसमी तरकारी कृषक समूह तृतीय साथै हेमजा कृषि संजालको समूह सान्त्वना हुन सफल भए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश रु.१० हजार, ७हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा कृषि महाशाखाका अधिकृत दामोदर अधिकारी, हेमजाका अगुवा कृषक एवम् कलाकार बुद्धदेवी कुँवर एवम् कलाकार परशुराम अधिकारीले निर्णयकको भूमिका निर्वाह गर्नुभयो । त्यस्तै महोत्सव अन्र्तगत मंगलवारबाट खुल्ला रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।

महोत्सव मध्ये तिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । मंगलवार मात्रै ४ हजार बढी र हालसम्म १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै महोत्सवमा आलुको कारोवार पनि दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । आलु किन्नकै लागि कास्कीलगायत छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याङजा,बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरु हेमजा आउने गर्नुभएको छ । महोत्सव स्थल र बाहिरबाट समेत गरी हालसम्म करिव २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले बताउनुभयो।

हेमजामा फलेका आलु अन्य ठाउँको तुलनामा मिठो हुने र छिटो पाक्ने भएकाक ारण आलु किन्नकै लागि आफू हेमजा आएको तनहुँ खैरेनीटारकी बविता शर्माले बताउनुभयो ।

Comments
Loading...