पोखराका अञ्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित

हिमाली आवाज । पोखराका अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

तर, उहाँहरुबीच दोस्रो चरणको निर्वाचन अघि सहमति भएपछि सर्वसम्मत गरिएको हो । यसअघि सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो ।

अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाउनु भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभयो । अञ्जन पोखराको प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपको निर्देशक हुनुहुन्छ । नेपाल उद्योग बाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने प्रावधान छ ।

Comments
Loading...