उन्नति सहकारीको खुला रक्तदान,६५ युनिट रगत संकलन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज पोखरामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले आफ्नो वार्षिक नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ६५ युनिट रगत संकलन भएको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महाप्रवन्धक एवं कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष राजेश रानाभाटले पहिलो रक्तदाता सहकारी संस्थाका सदस्य बैकुण्ठ बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम औपचारिक उद्घाटन गर्नुभएको थियो । सहकारीले आफ्नो वार्षिकोत्सवका अवसरमा रक्तदान लगायतका कार्यक्रम आयोजना गर्दै आएको छ ।

“हामीले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम गर्दै आएका छौँ । सदस्यहरुसँर्गै समाजको हितका लागि हामी सँधै क्रियाशील छौँ ।” अध्यक्ष रानाभाटले भन्नुभयो । रक्तदान कार्यक्रम सञ्चालन सहकारीका सचिव रेवती भण्डारीले गर्नुभएको थियो ।

Comments
Loading...