नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने पोखराका तिमिल्सिना सम्मानित

हिमाली आवाज । नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिनुभएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित हुनुभएको छ ।

लामो समयसम्म शिक्षण पेशामा रही नेपाली भाषा शिक्षण मार्फत विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो ।

शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद रु १० हजार १ सय ११ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो ।

बरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई माला, दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

विसं १९९९ पुसमा पोखरा महानगरपालिका वडा नं. २३ चैनपुरमा जन्मनु भएका तिमिल्सिना चार दशक शिक्षण पेशामा रहेर महत्वपूर्ण योगदान दिनु भएको थियो ।

उहाँले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्यको भूमिकामा रहेर विद्यालयको शैक्षिक तथा पूर्वाधारको गुणस्तमा बृद्धि तथा बिकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

साथै उहाँ पोखरा महानगरकै वडा नंं १ बगरमा रहेको विन्ध्यवासिनी संस्कृत विद्यापिठको संस्थापक प्रार्चाय समेत रहनु भएको  थियो ।

Comments
Loading...