काठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खस्यो,उद्धार जारी

हिमाली आवाज । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

धादिङको गजुरी नजिकै चालिसे भन्ने स्थानबाट यात्रु बहाक बस त्रिशुलीमा खसेको हो । यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।

Comments
Loading...