हिमाली आवाज । नेशनल प्याव्सन कास्कीको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निवार्चित हुनुभएको छ ।
समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी र कोषाध्यक्षमा राजु केसी निर्वाचित सर्वसम्मत निर्वाचित हुनुभयो ।
त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी चयन हुनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजि क्षेत्रले गरेको लगानिलाई अवमुल्यन गर्न नहुने बताउनुभयो ।
महत्वपूर्ण ऐन तथा विधयेक आउदा कुन कुना बाट छिरेर आउछ त्यो पत्तै हुदैन, हालै आएको शिक्षा विधयेकको प्रसंग कोट्याउदै उहाँले भन्नुभयो,“यस्ता खालका ऐन विधयेक आउदा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरेर ल्याए मात्रै समस्या हल हुन्छ ।”
उहाँले निजि विद्यालयसँग पोखरा महानगरपालिका सधै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको उल्लेख गर्नुभयो।
“करोडौ करोड लगानी गरेको र जवानी पनि यहि क्षेत्रमा विताएर मुलकको शिक्षालाई समृद्धि बनाउन हामी लागि परेका छौ ।” उहाले भन्नुभयो,“हाम्रो अस्तित्व नै स्विकार नगरी जुन ढंगले विधयेक आयो यस विषमा हामीले विरोध गरौ र सरकार पछि हट्यो ।”
गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजि विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अव अग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउदै नेपाल अव दुइ खाल शिक्षा नहरेको उल्लेख गर्नुभयो ।
नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपानले नेपाल सकारका सम्वन्धित निकायले नै शिक्षा विधयेक अध्ययन नगरि ल्याएकै कारण समस्या वल्झिएको बताउनुभयो।
नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले निजि क्षेत्रको उपस्थितिलाई नेपाल सरकारले लत्याउने काम गरेको बताउनुभयो ।
अधिवेशनमा नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रत्ना कुमारी गुरुङले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक ज्ञानेन्द्र बहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका गर्नुभयो ।