समदर्शी महिला बचत सहकारीको १४ औँ साधारणसभा

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २ मा अवस्थित समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिका साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैँका लेखा समिति सदस्य चन्द्रकुमारी ढकाल पराजुलीले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा पराजुलीले सहकारी संस्थाहरुले सहकारीका मुल्य,मान्यता र नीति नियममा रहेर आर्थिक कारोबार गर्न आग्रह गर्नुभयो ।

समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मैनादेवी रावत लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानांग, जिल्ला सहकारी संघको सञ्चालक धनराज पुरी, नेफ्क्युनका प्रतिनिधि दिप्ती आचार्य, सहकारीका निर्वतमान अध्यक्ष गीताकुमारी पौडेल लगायतले संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।

सहकारीका उपाध्यक्ष प्रमिला तुलाचनले स्वागत र सचिव रिकमाया गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । समदर्शी महिला बचत तथा ऋण सहकारी संस्थामा चार सय ९० जना शेयर सदस्य रहेका छन् ।

पोखरा महानगरका नौ वडा वडा संस्थाको कार्यक्षेत्र रहेको छ । पोखराका वडा नं २,४,५,६,७,८,९ र १७ कार्यक्षेत्र रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

Comments
Loading...