रोटरी क्लब लेकसाइडको अध्यक्षमा सिग्देल

हिमाली आवाज । रोटरी क्लब अफ पोखरा लेकसाइडको आठौ पदस्थापनबाट वर्ष २०२३÷२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गर्नुभएको छ ।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार गराउनुभयो । यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका आइपिपि डा. वीरवहादुर कार्कीले चार्टर सर्टिफिकेट, कलर तथा पिन प्रदान गर्दै सफलताको कामना गर्नुभयो ।

डिजिएन कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गर्नुभयो । रिजन ४ का असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कर्माचार्यले नयाँ सदस्य द्धय किशन भण्डारी र आमोद कोइरालालाई सपथ सँगै रोटरी क्लव अफ पोखरा लेकसाइडमा प्रवेश गराउनुभयो ।

आइपिपि डा. काकीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । एक वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै डा. कार्कील सहयोगीलाई मायाको चिनो प्रदान गर्दै उत्कृष्ट सदस्यको रुपमा मिनवहादुर गुरुङलाई सम्मान गर्नुभयो ।

प्रमुख अतिथिको परिचय रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष तथा रिजन ४ का असिस्टेन्ट गभर्नर जयराम पौडेलले गर्नुभयो । वर्ष २०२३÷२४ का अध्यक्ष सिग्देलको परिचय मेम्बरसिप चियर सुवास मल्ल गराउनुभयो ।

सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सन्तोष पन्तले बताउनुभयो ।

कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवं प्रेसिडेन्ट इलेक्ट उपेन्द्र अधिकारी, सञ्चालन सचिव विश्वदर्शन पराजुली र धन्यवाद सह सचिव लोकवहादुर गुरुङले गर्नुभयो । टोस्ट पस्ताप डिष्ट्रिक्टका राइला कमिटीको चियर एवं एड टु गभर्नर रोजन्द्र लिगलले गर्नुभयो । क्लबमा हाल ३७ सदस्य रहेको क्लवका कोषाध्यक्ष राजकुमार अर्यालले जानकारी दिनुभयो ।

Comments
Loading...