पोखरामा दशैँमा खसी बोकाको प्रदर्शनी हुँदै

हिमाली आवाज । बिजयादशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ ।

पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो

वडा र आसपासमा किसानले पालेका खसी बोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुु भयो ।

उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानीय उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको उहाँको भनाई छ ।

असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ भने मिडिया पार्टनरमा पोखरा टेलिभिजन एण्ड मिडिया प्रालिले रहेको छ ।

त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन ।

पशुपालकले आफुले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खसीबोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सवै भन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा एक सय भन्दा बढी खसीबोका राखिने छ ।

Comments
Loading...