पोखरामा खसी बोकाको प्रदर्शनी,उत्कृष्ट कृषकलाई पुरस्कार

हिमाली आवाज । पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडा नं २८ सौर्यमा आज खसी तथा बोकाको प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा एक सय ७५ वटा खसिबोका राखिएको थियो । पोखरा महानगरपालिका पशु सेवा शाखाले दशैँको अवसर पारेर सो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसी ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितीय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने सान्त्वना स्थान हासिल गर्नुभयो । उहाँहरुले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ४ हजार पुरस्कार पाउनुभयो ।

प्रर्दशनीमा एकै घरबाट ५ वटा भन्दी बढी खशिबोका ल्याउने किसानलाई पनि पुरस्कार प्रदान गरिएको थियो । १२ जना किसानलाई जनही २ हजार प्रोत्साहन रकम प्रदान गरिएको हो ।

प्रदर्शनीमा प्रथम हुने पशुपालक कृषक डिलु खनालले ४३ वटा बाख्रा पालेको र खसी ७५ किलोको रहेको थियो।प्रर्दशनीको उदघाटन गर्दे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति असंभव हुने बताउनुभयो । सो अबसरमा उहाँले अर्को बर्ष पोखरा प्रर्दशनी केन्द्रमा ब्यबस्थित तरिकाले किसानका स्थानीय उत्पादनका खसी बोका बिक्रि गर्ने ब्यबस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो ।

सो अबसरमा पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले महानगरले पशुपालनमा गरेको लगानी खेर नगएको बताउनुभयो ।कृषिमा लगानी गरेर प्रतिफल आउदैन भन्नेहरुका लागि यो एउटा उदाहरण भएको उहाँको भनाई थियो ।

पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले खसी बाख्राको पकेट क्षेत्रले आफुलाई सफल बनाएकोमा धन्यबाद दिनुभयो । कृषि अब आत्मर्निभरतामा जान आबश्यक रहेको कडरियाको भनाई छ ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकसा अधिकृत सहदेव पौडेल, पशुपंछी तथा मत्य बिकास र्निदेशनालयका गाबिन्द्र अधिकारी, पोखरा महानगरपालिकाका डा. सुमन बराल, वडा सदस्य बिरेन्द्र भण्डारीले कृषि क्षेत्रको बिकासका बारेमा धारण राखेका थिए ।

प्रदर्शनीलाई पशुपंक्षी तथा मत्य बिकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कास्की, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ लगायतले सहयोग गरेको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

Comments
Loading...