आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सहारा र थ्रि स्टार भिड्ने

हिमाली आवाज । सहारा क्लब पोखरा आयोजनामा पोखरा रंगशालामा यही माघ ९ देखि सुरु हुने २३ आंै आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ ।क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो ।

दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।

भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपिएफलाई स्थान दिइएको आयोजकले जनाएको छ ।

साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटले सिधैं क्वाटरफाइनल खेल्ने छन् ।
१२ टिमले भाग लिएको प्रतियोगितामा समूह ‘ए’ मा आयोजकसहित भुटान, थ्रि स्टार, मच्छिन्द्र, जावलाखेल युथ र मनाङ मस्र्याङ्दी छन् । फाइनल २० गते हुनेछ ।

पोखरा रंगशालामा माघ ९ देखि २० सम्म संचालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो ।

Comments
Loading...