कास्की माछापुच्छ्रेका पोखरेल कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त

हिमाली आवाज । कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका विष्णु पोखरेल नियुक्त हुनुभएको छ ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जनामध्ये कास्कीका पोखरेललाई नियुक्त गरेको हो । यसअघि पोखरेल निमित्त प्रबन्ध सञ्चालक हुनुहुन्थ्यो ।

कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट हुनुभएको हो ।

२०५२ साल जेठ २१ गते पोखरेलले शाखा अधिकृतबाट सेवा सुरु गरेका थिए । कम्पनीको प्रधान कार्यालयसहित मल, बिउबिजन, कृषि चुनलगायत विक्री वितरण गर्ने ४० वटा कार्यालय र एउटा बिउ उत्पादन फर्मसहित ४३ वटा कार्यालय छन् ।

Comments
Loading...