बुबा आमाको स्मृतिमा छोरीद्धारा पहारी कुल समितिमा पाँच लाखको अक्षय कोष स्थापना

हिमाली आवाज । पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।

पोखरा ६ बैदाम निवासी स्व दण्डपाणी र स्व जमुना पहारीको स्मृतिमा उहाँका छोरीहरु पोखरा महानगर पालिका वडा २२ पुम्दी निवासी खरीका पहारी बराल , पोखरा महानगर पालिका वडा १७ छोरेपाटन निवासी सेतुदेवी पहारी आर्चाय र पोखरा महानगर पालिका वडा १९ पुरुनचौर निवासी डिलमाया पहारी पौडेलले संयुक्त रुपमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी छोरीहरुले नगद रु पाँच लाखसमितिका अध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष दाताहरुले बुबा आमाको नामा सहयोग गर्ने पाउँदा खुशि लागेको बताउनुभएको थियो । कोषको रकम लक्षित परिवारका सदस्यहरुलाई सहयोगी बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

समितिका निबर्तमान अध्यक्ष गोविन्दराज पहारीले लक्षित बर्गको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताउनुभयो ।
आर्थिक स्तर कमजोर भएका पहारी भाइबन्धुहरुको आर्थिक स्तरमा सहयोग पु¥याउने उद्देश्यले ६ बर्ष अगाडी स्थापना भएको पहारी कुल संरक्षण समितिमा हाल सम्म ४१ लाख ६४ हजार ३ सय १४ रुपैया जम्मा भएको कोषाअध्यक्ष प्रेमराज पहारीले जानकारी दिनुभयो ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका बाबु नानीहरुको पठन पाठनमा समितिले सहयोग गर्दै आएको छ ।
अध्यक्ष जगत बहादुर पहारीले कोषको रकम सदुपयोग गर्दै लक्षित बर्गका विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

Comments
Loading...