हिमाली आवाज । पोखरा महानगर पालिका–६ बैदाम निवासी गणेश बहादर ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सल्लाहकार मनोनित हुनुभएको छ ।

राप्रपाका केन्द्रीप अध्यक्ष राजेन्द्र लिङ्देलले आइतवार एक कार्यक्रमका बीच ढकाललाई मनोनयन पत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभयो ।
सल्लाहकार मनोनित ढकाल विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरी राप्रपा जिल्ला सचिव हुदै कास्कीको कार्यवाहक अध्यक्ष बन्नुभएको थियो ।
ढकाल निष्ठाको राजनीतिका साथै विभिन्न सामाजिककाम मा सक्रिय रहनु भएको छ । आफ्नो जीवन राजनीतिलाई र समाजसेवामा समर्पित गर्नुभएका ढकालले हालसम्म कुनै लाभ को पद पाउनुभएको छैन ।