हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ रुम्जाका शशिधर काफ्लेको घरबाट रु १४ लाख आठ हजार बराबरको धनमाल लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक बस्ने ४२ वर्षीय सूर्य बहादुर घर्ती क्षेत्री, माछापुच्छ्रेको भराभरी बस्ने ५१ वर्षीय खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं २१ बस्ने ५८ वर्षीय को लोक बहादुर राना मगर र पोखरा नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन्

गत साउन ३ गते राति धारिलो हतियार देखाई उनीहरुले शशिधरको घरबाट विभिन्न किसिमका सुनका गरगहना (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद रु.एक लाख ७३ हजार लुटपाट गरेका थिए ।
धनमाल चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान पश्चात नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नाउब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।