पोखराका फ्रेस हाउसमा कुहिएको माछा ⁄ मासु बिक्री:महानगरले तिरायो ५० हजारसम्म जरिवाना

हिमाली आवाज । पोखरा महानगरपालिकाले आजदेखी बजार अनुगमन सुरु गरेको छ ।चाडपर्वहरु नजिकिदै जाँदा बजारमा मुल्यवृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुुजजन्य तथा खाद्य सामग्री बिक्री वितरण भइरहेको गुनासो पछि अनुगमन थालिएको महानगरले जनाएको छ ।

महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन सुरु गरिएको हो ।पहिलो चरणमा माछा र मासुुमा पसलहरुको अनुुगमन गरिएकामा कुहिएर खानयोग्य नभएको दुई सय १९ केजी माछा र खसीको मासुु १५ केजी गरी दुई सय ३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।

पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरिएकामा १० वटा माछा पसललाई रु १५ हजारदेखी रु ५० हजारसम्म जरिवाना गरिएको छ । जरिवानाबाट रु दुई लाख लाख ५५ हजार राजस्व संकलन भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–९ बसपार्कमा सञ्चालन रहेको लाचन फिस सप्लायर्सबाट एक सय केजी, बसपार्ककै राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई रु ५०÷५० हजार जरिवाना गरिएको छ ।

पोखरा–८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान योग्य नभएको आठ केजी माछा र खसीको मासु, जस्मिन फ्रेस हाउसबाट सात केजी खसीको मासु जफत गरिएको थियो भने दुवै पसललाई रु ३०÷३० हजार का दरले जरिवाना गरिएको छ ।

त्यस्तै अनुुगमन टोलीले पोखरा– ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ती सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी रु २० हजार जरिवाना गरिएको छ ।

यस्तै न्युू सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत पाँच वटा पसललाई रु १५ हजारका दरले जरिवाना गरिएको सापकोटाले जानकारी दिनुभयो ।

अनुुगमनमा पसल नविकरण नभएको,सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।

माछा तथा मासु बिक्री गर्ने अन्य सात वटा पसललाई मूल्यसूची राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुुझाव दिदै पून दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।

पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुुगमन सुुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक गुुरुङले बताउनुभयो । “विगतमा भएका अनुुगमनले बजारमा केही सुुधार देखिएको भएपनि सोचे जस्तो छैन । अब नियमित अनुुगमन गछौँ ।” उपप्रमुख गुरुङले भन्नुभयो ।

Comments
Loading...