हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी लोकराज पहारी किसान संघको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँलाई किसान संघमा मनोनित गर्नुभएको आज जारी विज्ञप्तिमा जनाइएको छ ।

पहारी ताल वाराही माध्यमिक विद्यालयमा नेविसंघको संस्थापक सभापति हुनहुुन्थ्यो । यसैगरी सोही विद्यालयका पूर्व शिक्षक तथा नेपाल शिक्षंक संघ कास्कीका आजीवन सदस्य हुनुहुन्छ ।
नेपाल किसान संघ कास्कीको पूर्वअध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभयो । उहाँ राजनीतिकसँगै विभिन्न सामाजिक, शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । लामो समय राजनीति गरेपनि उहाँले लाभको पदमा भने पुग्नुभएको छैन । पहारीले एमनेस्टी इन्टरनेशनल ८२ का संस्थापक भएर समेत काम गर्नुभयो ।