हिमाली आवाज । पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ ।
कोटिहोम महायज्ञको लागि गत फागुनमा लेकसाइडमा कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ ।

त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा आज बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम साइतमा नै भूमि पुजनको कार्य सम्पन्न भएको छ ।
त्यस्तै यज्ञ पनि खनिएको छ ।विहान विधिवत रुपमा यज्ञ कुण्ड अनिएको हो ।
भूमि पुजन कार्यक्रममा विभिन्न स्वामीहरु पोखरा महानगरपालिका १७ का वडाध्यक्ष राधिका शाही,वडामा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।