गण्डकीको पशुपन्क्षी विकास निर्देशनालयको महानिर्देशकमा श्रेष्ठ

हिमाली आवाज । गण्डकी प्रदेशको कृषि विकास मन्त्रालय अन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको महानिर्देशकमा डा बालकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख ३० गतेको निर्णय अनुसार अनुसारलाई उहाँलाई महानिर्देशकमा नियुक्त गरिएको हो । महानिर्देशक श्रेष्ठको बुधबार पदस्थापन समेत गरिएको छ ।

सो अवसरमा निर्देशनालयका कर्मचारी तथा जिल्लास्थित भेटेरिनरी अस्पताल लगायतका कार्यालयका प्रमुखहरुले उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरे । नवनियुक्त श्रेष्ठको नेतृत्वमा गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्यको क्षेत्रमा दुरगामी फड्को मार्ने विश्वास लिइएको छ ।

Comments
Loading...