हिमाली आवाज । विश्व वातावरण दिवसकोे अवसरमा पोखरा वडा न २१ फूस्रेखोला दशमुरेमा वृक्षरोपण गरिएको छ ।
फूस्रेखोला टोल विकास संस्थाको आयोजनामा प्लाष्टिकजन्य प्रद्षण न्यूनीकरण ःहाम्रो दाहित्व भन्ने मुल नाराका साथ उक्तm स्थानमा रहेको हाम्रो नमुना पार्कमा वृक्षारोपण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेले जनसँख्या पृथ्वीको भार भन्दा बढी भएकोले वातावरण सन्तुलन विग्रदै गएको बताउनुभयो । उहाँले नेपालमा विकासको नाममा वातावरणको विनास हुदै गएको उल्लेख गदै प्लाष्टिक जन्य बस्तु बहिष्कार गरी प्राकृतिक स्रोत र साधन प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा वडा नम्बर २१ वडाअध्यक्ष दीपक प्रसाद सुवेदीले वडाबाट करिब १५ वटा विकास निर्माणका काम सम्पन्न भएको उल्लेख गर्नुभयो । सुवेदीले वातावरण सन्तुलनको लागि आएका योजनामा आफूले सकारात्मक रहेको बताउनुभयो ।
पार्क निर्माणका सयोजक देव प्रसाद पहारीले जनसमुदायको आर्थिक संकलनबाट पार्क निर्माण कार्य थालनी गरिएको जानकारी दिनुभयो । पार्कमा वेलपत्र ,पारिजात ,रुदराक्ष धुवी ,अशोक लगायतका बिभिन्न जातका विरुवा लगाइएको थियो ।
टोल विकास संस्थाका अध्यक्ष रामचन्द«कोे अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा लोककल्याणकारी बचत तथा क्रण सहकारीका अध्यक्ष पुर्णदिप सिग्देल ,नयाँपुल महिला बचत सहकारी अध्यक्ष भिमा सुवेदी ,तारापुञ्ज आमा सम्ह अध्यक्ष नन्द कुमारी पोख्रेल ,पहारीडाँडा बाँयाटारी बन उयभोक्तmा समितिका अध्यक्ष राम प्रसाद पहारी लगायतका वकताहरुले आ–आफनो भनाइ राख्न्भएको थियो ।