हिमाली आवाज । पोखराको सगरमाथा निकेतन स्कुलमा सञ्चालन भएको दुई दिनको आँखा शिविर सम्पन्न भएको छ ।
विद्यालयले हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग यही जेठ २३ र २५ गते शिविर गरेको थियो । सो शिविरमा सात सय ९१ जना विद्यार्थीको परीक्षण गरिएको मा ६७ जना लाई थप परीक्षण को लागि हिमालय आँखा अस्पताल रेफर गरिएको विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराईले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

प्राचार्य शर्माले निःशुल्क आँखाको स्क्रेनिङ कार्यक्रमले प्रत्येक विद्यार्थीको आँखाको अवस्थाबारे जानकारी भएको र विद्यार्थीका अभिभावकलाई समेत जानकारी गराउने कार्य गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“यसबाट आँखाको चेकजाँच गराउनुपर्छ भन्ने मान्यताको जगाउने कार्य भएको छ र न्यून आयस्रोत भएको घरपरिवारका बालबालिकालाई सहयोग पुगेको छ ।”
सो अवसरमा स्वास्थ्य प्राविधिकहरुले बदलिँदो जिवनशैली तथा खानपानले सानै देखि आँखा सुख्खा हुने समस्या पाइएको बताएका थिए । उनीहरुले विद्यार्थीहरुलाई प्याकेटको खानेकुरा को सट्टा हरियो तरकारी र फलफूल खान र मोबाइल, ल्यापटप जस्ता वस्तु को प्रयोग कम गर्न सुझाव समेत दिएका थिए ।