हिमाली आवाज । जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र नवनिर्मित बहुउद्देश्यीय भवनको आज उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक कार्यक्रमकाबीच भवन उद्घाटन गर्नुभयो ।
पोखरा महानगरपालिका र स्थानीय व्यक्तिहरुको सहयोग गरी कूल रु ३२ लाख ७४ हजार चार सय ९२ लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि निर्माण समिति गठन गरिएको थियो । सो समितिमा निर्वतमान वडाध्यक्ष शंकर बास्तोला हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक आचार्यले आजको युगमा प्रहरीलाई प्रविधियुक्त बनाउनु पर्ने बताउनुभयो । उहाँले सि.सि. क्यामेरा लगायत विभिन्न श्रोत साधनहरुको उपलव्धता गराई समाजमा शान्ति सुरक्षा अमनचयन राख्न र अनुसन्धान कार्यलाई समेत प्रबिधिमैत्री बनाउनु खाँचो औल्याउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य राख्नु भएको थियो भने भवन निर्माण समितिका कोषाध्यक्ष केशव प्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष शंकर बास्तोला, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्की, प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले लगायतले भवन निर्माणपछि प्रहरीलाई आफ्ना गतिविधि गर्न सहयोग पुग्ने भनाई राख्नुभयो ।