हिमाली आवाज । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको सङ्घर्ष र बलिदानबाट नै अहिलेको परिवर्तन भएको अर्जुनचौपारी गाउँपालिकामा बताइएको छ । गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनमा बुधबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गर्नु नीति तथा कार्यक्रममा विगतका लडाई, बलिदानीबाटनै अहिलेको उपलब्धी आएको बताउनु भएको छ ।
गाउँपालिकावासीहरूले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी गरेको बताउदै तिवारीले तीन वर्षको अवधिमा वितरणमुखी कार्यक्रमहरू, अनावश्यक संरचना निर्माण र फजुल खर्चमा नियन्त्रण गरी बचत भएको स्रोतलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता दीर्घकालीन महत्वका क्षेत्रहरुबाट सकारात्मक परिणाम सबैका सामु स्पष्ट र प्रेरणादायी रूपमा देखिएको तिवारीले नीति तथा कार्यक्रममा भन्नु भएको छ ।
गाउँपालिकाका हरेक निर्णय पालिकाको समुन्नत भविष्य हेरेर गरिने नीति लिएको बताउदै तिवारीले क्षणिक लोकप्रियता र लाभको पछि नलागी गाउँपालिका बासीहरूको सुरक्षित तथा गर्बिलो भविष्य निर्माण गर्न, वर्तमानमा सुधार गर्दै, भविष्यलाई दिशा निर्देश गर्नु भएको छ ।
राजस्वमा बृद्धि, लिजा र एफआरएमा पहिलो
बढ्दो वित्तीय अनुशासन एवं सुशासनका कारण अर्जुनचौपारी गाउँपालिकाको आन्तरिक राजस्व यस वर्ष १६ प्रतिशतले बढेको छ भने बेरुजुको आकार वार्षिक रुपले घट्दो छ ।
कामकै आधारमा गत वर्ष झैँ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन मा सर्वोत्कृष्टको ताज पालिका पहिरिएको छ ।
व्यक्ति विशेषको भर पर्ने प्रणाली होइन, संस्थाहरू बलियो हुने प्रणाली निर्माण गर्ने दिशामा अघि बढिरहेको बताउदै संस्थागत सुदृढीकरणमार्फत मात्र पारदर्शिता, जवाफदेहिता, सुशासन र नागरिक भरोसा कायम गर्न सकिन्छ भन्नेमा स्पष्ट रहेको बताइएको छ ।
शिक्षामा फ्ड्काे
१७ प्रतिशत विद्यार्थी पालिका स्तरीय परीक्षामा उत्तीर्ण भएको यहाँ गत वर्ष ९७ प्रतिशत सफलता हासिल हुनु अर्जुनचौपारीको शिक्षा सुधारको स्वर्णिम सङकेत हो । बदलिँदो विश्वपरिवेशमा केवल नतिजाको अङ्कमामात्र सन्तुष्ट हुने अवस्था नरहेको र नतिजामा मात्र केन्द्रित नभएर विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित रहने बताइएको छ ।
स्रोतको अभावले यस वर्ष सम्पूर्ण विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न नसकिए पनि आगामी वर्ष हामीले सो विषयलाई प्राथमिकतामा राखिएको छ ।
शैक्षिक गतिविधिको सुदृढीकरणका लागि विद्यार्थी तथा अभिभावकलाई विद्यालयका सम्पूर्ण क्रियाकलापमा पहुँच सुनिश्चित गरी पारदर्शिता कायम र प्रत्येक विद्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिने छ ।
“म जिम्मेवार शिक्षक”, शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम, विद्यालय मनोपरामर्श सेवा तथा विद्यालय स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता पालिकामा दिइने छ ।
सेवा प्रवाह सुदृढ
एक समय कमजोर, झन्झटिलो र नागरिकलाई निराश बनाउने सेवा प्रवाह; दिनप्रतिदिन खस्कँदो शिक्षा क्षेत्र; औषधी नपाइने र उपचार नहुने अवस्था रहेको स्वास्थ्य प्रणालीमा सकारात्मक र गहिरो रूपान्तरण आएको छ ।
पहिले जनताले आधारभूत सेवा पाउन संघर्ष गर्नुपथ्र्यो, अहिले त्यही प्रणालीमा उत्तरदायित्व, पहुँच, गुणस्तर र जनताको विश्वास पुनःस्थापित हुँदै गएको छ ।
यो परिवर्तन केवल व्यवस्थाको होइन, जनताको जीवनस्तर, आत्मविश्वास र भविष्यप्रतिको भरोसामा आएको ऐतिहासिक उचाइ भएको नीति तथा कार्यक्रममा भनिएको छ ।
पानी परीक्षण प्रयोगशाला

खानेपानीको शुद्धताको सुनिश्चितताका लागि गाउँपालिकामा पानी परीक्षण प्रयोगशालाको स्थापना गर्ने लक्ष्य लिएको छ ।
“स्वच्छ पानी, सुरक्षित जिन्दगानी” को मर्मबोध गर्दै यो आर्थिक बर्षमा पालिकाले ९५ प्रतिशत घरमा खानेपानी पु¥याएको छ । दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न नयाँ खानेपानी योजना निर्माण गरिने छ भने पुराना योजना मर्मत सम्भार गरिनेछ ।
पानीको स्रोत एवम् मुहानको संरक्षणका लागि भरणपोखरी निर्माण र वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाइनेछ ।
घर घरमा स्वास्थ्य सेवा
नागरिकलाई टेवा, घर घरमा स्वास्थ्य सेवा भन्ने कार्यक्रमको पहुँच, गुणस्तर र दायरा अझ फराकिलो बनाइ प्रतिकारात्मक एवम् प्रवद्र्धनात्मक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य पालिकाले लिएको छ ।
गाउँपालिका बाहिर स्वास्थ्य उपचार प्राप्त गर्दा कुनै अन्योलता भएमा वा परामर्श आवश्यक भएमा स्वास्थ्य सेवा सहजीकरण सम्पर्क व्यक्ति मार्फत् पालिका सँगै रहेको आभाष पालिकाले दिने छ ।
स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरी प्रदान गरिने सेवा विस्तार, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई सेवा प्रवाह र कार्यक्षमताको आधारमा मूल्याङ्कन, पालिकामा सञ्चालनमा रहेको आँखा उपचार केन्द्रबाट प्रदान गरिएका सेवाहरुमा थप विस्तार गर्ने योजना पालिकाको रहेको छ ।
स्थानीय जडिबुटीको महत्व उपयोग गरी आगामी वर्ष पालिकास्तरमै आयुर्वेद औषधीको उत्पादन, आयुर्वेद गाउँघर क्लिनिक, योग तथा नागरिक आरोग्य कार्यक्रममार्फत् नागरिकमा प्रतिरोधात्मक क्षमताको अभिवृद्धि लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ ।
तीन लाख पर्यटक भित्राउने
गड्यौलीखोलामा निर्माणाधिन म्याथम्याटिकल र बोटानिकल पार्कलाई विद्यार्थीहरुको शैक्षिक गन्तव्यका साथसाथै पिकनिक स्पटको रुपमा व्यवस्थित गर्ने, नेपालकै पहिलो नवग्रह मन्दिर, साउन्ड हिलिङ सेन्टर र थाप्ले खेल मैदानलाई पूर्वाधार विस्तार, सशक्त प्रवद्र्धन, स्तरीय सेवा र स्थानीय संलग्नता मार्फत पालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा पालिकाले समेटेको छ ।
यहाँ प्रथम वर्षमा विद्यार्थी र आन्तरिक तथा बाह्य गरी कम्तिमा तीन लाख पर्यटक भित्राउने गरी प्रचारात्मक र प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र जलवराह धार्मिक वन क्षेत्रलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य पालिकाका रहेको छ ।
आगामी वर्ष अर्जुनचौपारी गाउँपालिकामा प्रथम पटक खनिजको उपलब्धताका सम्बन्धमा अनुसन्धान, खनिज पदार्थको पहिचान र उत्खनन् कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गरी खनिज सम्पदाको दिगो, पारदर्शी र उत्तरदायी व्यवस्थापन मार्फत् गाउँपालिकाको आर्थिक समृद्धि र जनजीविकामा गुणात्मक परिवर्तन ल्याउने गरी अध्ययनको थालनी गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
सबै वडाकार्यालयलाई पालिका केन्द्रसँग पक्की सडकले जोड्ने प्रतिबद्धता अनुरूप आगामी बर्ष सबै वडामा कालोपत्रे पु¥याउने लक्ष्य लिएको छ ।
आगामि वर्ष कम्तिमा दुई वटा वडालाई बालमैत्री घोषणा गरी बालमैत्री, पोषणमैत्री एवम् अपाङ्गमैत्री पूर्वाधार तथा संरचनाको निर्माण गरिने छ ।
पालिकाले सञ्चालनमा ल्याएको नवग्रह कृषि फार्मलाई थप व्यवस्थित गरी एकीकृत कृषि प्रणाली, बहुबाली प्रणाली तथा जैविक एवम् प्रविधिमैत्री कृषि तर्फ उन्मुख गराउने तयारी पालिकाको रहेको छ ।
बसाईसराई गरेर अन्यत्र जाने प्रवृत्ती रोक्न पालिकाभित्र रहेका बाँझो जग्गा र खाली भएका घर, आवश्यक व्यक्तिलाई अस्थायीरुपमा प्रयोग गर्न दिने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रम समेतिएको छ ।
असार १० गते सम्म नीति तथा कार्यक्रम ल्यानुपर्ने नीति अनुरुप यो पालिकाले असार २ गतेबाट अधिबेशन सुरु गरेको थियो । अर्जुनचौपारी गण्डकीमै पहिला नीति तथा कार्यक्रम ल्याउने पालिका समेत हो ।