हिमाली आवाज । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा आगामी वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्नुभयो ।गाउँपालिकाले आगामी वर्षका लागि रू ४८ करोड ५५ लाख ३७ हजारको बजेट ल्याएको छ ।
जस अन्तर्गत चालु खर्चका लागि रू ३३ करोड ३४ लाख ४८ हजार र पूँजीगत तर्फ रू १५ करोड २० लाख ५७ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रू ७ करोड ६५ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रू ७ करोड ३२ लाख, नेपाल सरकार ससर्त अनुदान तर्फ रू १८ करोड ७२ लाख अनुमान गरिएको छ ।
यसैगरी नेपाल सरकार समपुरक अनुदान तर्फ रू ५ करोड ७७ लाख,नेपाल सरकार विशेष अनुदान रकम रू १ करोड ६५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड रू ७८ लाख ३७ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदान तर्फ रु ६० लाख रहेको छ ।
बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु ९३ लाख ४१ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख, प्राप्त हुदा न्युनहुने रकम रु ५ करोड ५३ लाख १४ हजार गाउँपालिकाको चालू आ. वको अल्या रकम रु ३ करोड ८९ लाख १४ हजार र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू १ करोड ६४ लाख व्यहोरिने अनुमान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी बरालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
बजेट कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ ।
नेपालको संविधानको धारा २३० बमोजिम रूपा गाउँपालिका, कास्कीको उपाध्यक्षको हैसियतले सम्मानित गाउँसभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
२. यस अवसरमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि बिभिन्न समयमा भएका ऐतिहासिक क्रान्ति,ससस्त्र आन्दोलन लगायतका विभिन्न आन्दोलनमा आफ्नो प्राणको आहूति दिनुहुने ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धा सुमन अर्पण गर्दछु। घाइते योद्धा र बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान तथा परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु ।
३. नेपालको संविधानले संघीय लोकतात्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने तथा राज्य शक्तिको प्रयोग तीनै तहले संविधान र काननु बमोजिम गर्ने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ५९ र ६० मा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको आर्थिक अधिकार सम्वन्धि विषयमा कानुन कानुन बनाउने , वार्षिक वजेट निर्णय गर्ने नीति तथा योजना तयार गर्ने त्यसको कार्यन्वयन गर्ने तथा आफ्नो आर्थिक अधिकार क्षेत्र भित्रको विषयमा कर लगाउने र ती स्रोतहरुबाट राजश्व उठाउन सक्ने व्यवस्था गरेको छ ।
४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको विषयमा स्थानीय तहको विकासको लागि आवाधिक वार्षिक रणनीतिक विषय क्षेत्रगत मध्यकालिन खर्च संरचना तथा दिर्घकालीन योजना बनाई लागु गर्नु पर्ने व्यवस्था रहेको छ अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७४ ले सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने , मध्यमकालीन खर्च संरचना तयार गर्ने, आवश्यकताको प्रक्षेपण गर्ने, गाउँपालिकाको आर्थिक सामाजिक शासकिय व्यवस्थामा प्रभावकारीता ल्याउन नीतिगत मार्गदर्शन गर्ने लगानीको माध्यमवाट विकासका आयमहरुमा थप फराकिलो वनाई आर्थिक विकासमा टेवा पुर्याउने साधनको रुपमा यो वजेटलाई लिएको छू ।विकास र सेवा प्रवाहको व्यवस्था मिलाउनु आजको आवश्यकता हो साथै श्रोतसाधन र आवश्यकताहरुको वीचमा तालमेल गराई कार्यक्रमलाई प्रभावकारी पारदर्शी अर्थपूर्ण वनाउनु हामी सवैको साझा जिम्मेवारी र कर्तव्य हो । यस कदममा सम्पुर्ण गाँउसदस्यहरुको साथ सहयोग तथा सद्भाको अपेक्षा गरेको छू ।
५. आगामि आर्थिक वर्षमा बजेटलाई स्थानीय उत्पादनमा जोड, स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग, सिपमुलक तालिमद्वारा मानव संसाधनको विकास गरी उत्पादन र उत्पादकत्व बृद्धि तर्फको बजेटको रुपमा प्रस्तुत गरेको छु।
६. रूपा गाउँपालिकाको विकास निर्माणलाई अगाडि बढाउने तथा गाउँपालिकाको अर्थव्यवस्थालाई गतिशील तुल्याउँदै गाउँपालिकाको दिर्घकालीन सोच रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान लाई सार्थक तुल्याउने अपेक्षा गरेको छु।
७. नेपालको संविधानमा व्यवस्था भएअनुरुप सङ्घीयताको प्रादुर्भावसँगै स्थानीय तह सदस्य निर्वाचन, २०७९ सम्पन्न भई स्थानीय तहमा दोस्रो कार्यकाल निर्वाचित भएको तिन बर्ष अवधि पुरा भएको छ ।यसबाट जनतामा नयाँ उत्साहको सञ्चार हुनुका साथै संविधान कार्यान्वयन एवं संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न महत्वपूर्ण योगदान पुगेको छ ।
८. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक राज्य प्रणाली, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, रूपा गाउँपालिकाका कानून, आवधिक योजना, दिगो विकासका लक्ष्य, मध्यमकालीन खर्च संरचना र गाउँपालिकाको नीति तथा कार्यक्रमलाई आधार मानेको छु।
९. मुलुकको अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने, नीजि क्षेत्रको मनोबल उच्च पार्ने र रुपाको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक बर्षको बजेट निर्देशित गरेको छु ।
१०. आमजनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने तथा सीमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदाय लगायत लक्षित बर्गहरुलाई आर्थिक लाभको पहुँचमा पुर्याउने तर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु ।
११. बजेट निर्माणका क्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, विषयगत समिति तथा सरोकारवालाहरूसँग परामर्श तथा टोल बस्तीका योजना संकलन गरी अर्थतन्त्रमा देखिएको विद्यमान चुनौतीको सामना तथा गाउँपालिकाको सीमित स्रोत साधनका बाबजुद जनताका असीमित अपेक्षाहरूलाई सम्बोधन गर्ने प्रयत्न गरेको छु।
१२. संघीय सरकार तथा प्रदेश सरकार बाट हस्तान्तरित ससर्त अनुदान कार्यक्रम, समपुरक अनुदान, विशेष अनुदान, समानीकरण अनुदान र सामाजिक सुरक्षा कार्यक्रममा प्राप्त हुने अनुदानलाइ हस्तान्तरित भए वमोजीम सम्बन्धित कार्यक्रममा खर्च हुने गरी व्यवस्था मिलाएको छु ।
अध्यक्ष महोदय,
अब, म चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्मको संक्षिप्त वित्तीय प्रगति विवरण प्रस्तुत गर्दछु ।
१३. चालु आर्थिक वर्षको बार्षिक बजेट शंसोधित अनुमान रु ५० करोड ४६ लाख ९३ हजार रुपैया मात्र रहेकोमा जम्मा आय तर्फ ४४ करोड ९९ लाख २९ हजार रुपैया गाउँपालिकाको संचित कोषमा प्राप्त भएको छ।जुन कुल लक्ष्यको जम्मा ८९ दशमलव ९६ प्रतिशत हुन आँउछ ।
१४. चालु खर्च तर्फ ३३ करोड ३९ लाख ८३ हजार रुपैया व्यय अनुमान गरिएकोमा हालसम्म रु. २३ करोड ०४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ।
१५. पूँजीगत खर्च तर्फ रु. १७ करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन भएकोमा हालसम्म ५ करोड ७० लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । हाल सम्मको औषत वित्तीय प्रगति ५६ दशमलब ९७ प्रतिशत रहेको छ ।
अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्दछु ।
बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्ः
क) अर्थतन्त्रलाई गतिशिल बनाउन स्थानीय उत्पादन र उत्पादकत्वमा जोड दिई उत्पादित बस्तुको विविधिकरण बजारीकरण तथा औद्योगिकीकरण गर्ने ।
ख) सुशासन, विकास र समृद्धि हासिल गर्न जोड दिँदै सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व कायम गरी सरकारी खर्चको उपादेयता बढाउने ।
ग) उत्पादनमा आधारीत अनुदान कार्यक्रमलाई प्राथमिकताका साथ लागु गरिने ।
घ) उपलब्ध स्रोत र साधनको उचित परिचालन गर्दै प्राप्त प्रतिफलको न्यायोचित वितरण सुनिश्चित गर्ने ।
ङ) स्थानीय सेवा प्रवाहलाई प्रभावकारी बनाई संघीयता कार्यान्वयन र सुदृढीकरण गर्ने।
च) संघ तथा प्रदेश सरकारको बलियो आधारका रूपमा स्थानीय सरकारको भूमिका थप प्रभावकारी बनाउने।
छ) आर्थिक–सामाजिक र भौतिक पूर्वाधारहरूको विकास तथा निर्माणलाई तिव्रता दिने ।
ज) संघ तथा प्रदेश सरकारहरूका बिचमा सुमधुर सम्बन्ध कायम गरी समन्वय र अन्तरसम्बन्धलाई सुदृढ तुल्याउने ।
माथि उल्लिखित उद्देश्य हासिल गर्न देहायअनुसारका क्षेत्रगत प्राथमिकता निर्धारण गरेको छु ।
क) कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,
ख) लगानी प्रवद्र्धन तथा औद्योगिक विकास,
ग) सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,
घ) स्वास्थ्य क्षेत्रको विकास तथा सुदृढिकरण,
ङ) भौतिक पूर्वाधार विकासमा जोड,
च) डिजिटल तथा नवपर्वतनशिल स्थानीय विकास,
छ) वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन, मानव संसाधन विकास र रोजगारी सिर्जना,
ज) सार्वजनिक सेवा प्रवाहलाइ गुणस्तरीय, पारदर्शी, सर्वसुलभ, समावेशी र प्रविधिमैत्री बनाई नागरिकको पहुँच अभिवृद्धि ।
अध्यक्ष महोदय,
अब म आगामी आर्थिक वर्षको बजेटका मुख्य मुख्य क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक बिकास तर्फ रकम रु ३ करोड ८३ लाख बिनियोजन गरेको छु
कृषि सेवा तर्फ
१६. मिहेनती कृषकको हात ः गाउँपालिकाको साथ” भन्ने मुल नारालाई चरितार्थ गर्न कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवाहरुलाई कृषि पेसामा प्रोत्साहन गरी आयआर्जनमा जुटाउन आवश्यक छ ।
१७. गाउँपालिकाको मौरी प्रवर्धन कार्यक्रमले रूपाली कैयौँ युवाहरुलाई स्व–रोजगार बनाउन थप प्रोहत्साहन गर्ने निर्बाहमुखी कृषि पद्धतिलाई आधुनिक प्रविधिमैत्री एबम् व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्न कृषकहरुलाई उत्पादन, प्रविधि र बजारसँग जोडेर व्यावसायिक कृषक बनाइ आयआर्जनमा वृद्धिका साथै आर्थिक समृद्धि हासिल गरी उत्पादनमा आधारित अनुदान घुम्ती एकिकृत कृषि प्रसार कार्यक्रम, मिनिकिट वितरण कार्यक्रम कृषि प्राविधिक मार्फत घुम्ती बाली उपचार शिविर, आइ.पि.एम कार्यक्रम तथा कृषक पाठशाला र कृषि, संकलन केन्द्र र कृषि एम्बुलेन्स रैथाने कृषि बाली बस्तुहरुको संरक्षण, सम्बद्र्धन र लोपोन्मूख रैथाने बाली प्रर्वद्धनको लागि सामुदायिक विउ बैंकको, स्थापना घुम्ती कृषि उपज हाटबजार सञ्चालन जस्ता कार्यक्रम संचालनको लागि आर्थिक बिकासको कृषि क्षेत्र तर्फ रकम रु २ करोड ९७ लाख बिनियोजन गरेको छु ।
१८. लसुन प्याज वेसार टिमुर हलेदो लगायतका मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्युनतम अनुदान व्यवस्थापनको लागि रकम रु ८५ लाख विनियोजन गरेको छु ।
पशु सेवा
१९. रूपा गाउँपालिकाको भौगोलिक अवस्था पशुपालनमैत्री भएको र यस क्षेत्रका अधिकांश जनताहरु पशुपालनमा आवद्ध भएकाले युवाहरूलाई आयआर्जनमा जोड्ने हेतुले कृषि तथा पशुपालनमा आवद्ध गराइ, स्वरोजगार अभिवृद्धि गरी दुध तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाइ वढी उत्पादनलाई बिदेशमा निर्यात तथा बजारीकरणको व्यवस्थापन मिलाउन आवश्यक समन्वय गर्न, गाउँपालिका स्तरीय घाँसको स्रोत केन्द्र स्थापना उत्पादनमा आधारित अनुदान कृषकसँग घुम्ती भेटघाट कार्यक्रम सञ्चालन गर्न, रूपा गाउँपालिका भरिका सम्पुर्ण गाई, भैसी र गोरुहरुमा निशुल्क बीमा कार्यक्रम सञ्चालन गर्न, दुध उत्पादनमा वृद्धि आत्मनिर्भर वनाउने कार्यक्रम संचालन महामारी रोगको प्रकोप नियन्त्रणमा पुर्ण खोप कार्यक्रम कार्यान्वयन गर्न ,दुध, अण्डा, माछा, मासुको उत्पादन उत्पादकत्वमा वृद्धि गर्न कृत्रिम तथा प्राकृतिक गर्भधानको माध्यमद्वारा रूपा गाउँपालिकाभित्रका गाइ र भैंसी लाई निशुल्क नश्ल सुधार कार्यक्रम संचालनको लागि दीर्घकालीन कृषि रणनीतिक योजना निर्माण तथा कृषकहरुको माग बमोजिम साझेदारी कार्यक्रमहरू सञ्चालन गरी समृद्ध रुपाको उदेश्य पुरा गर्न को लागि आर्थिक बिकासको पशु सेवा क्षेत्र तर्फ रकम रु १ करोड ९९ लाख विनियोजन गरेको छु ।
पर्यटन
२०. रूपा गाउपालिका कास्कीको पर्यटन प्रवर्धनका लागि सम्भावना बोकेको रोयल ट्रयाक मेहेरे देखि हात्तीमैतासम्म ग्रेट वालको निर्माण गरी च्गभ्भिउज ध्बिि÷रुइलाफ् पर्खालको लगायतका विभिन्न पुर्वाधारको विकास तथा स्तरोन्नती गर्नधार्मिक रूपमा अलौकिक तरिकाले उत्पत्ति भइ सम्पुर्ण सनातनीको आस्थाको केन्द्रका रूपमा विकास भएको रूपाको जलदेवीलाई संरक्षण र संवर्धन गरी धार्मिक पर्यटन विकासका गर्न प्राकृतिक चिनारीलाई स्रिङ्गार गरी रूपाका महत्वपुर्ण पहिचानको क्षेत्रहरूको रुपमा विकास गर्न नक्साङ्कन तथा बोर्ड राखिने र पर्यटन प्रवर्धनका गर्न ,रूपा ७ को इन्द्र गुफा, रूपा १ को कोटकालिका र रूपा ३ मा सहिदपार्कको स्तरउन्नति तथा पौराणिक मठ, मन्दिर, मस्जिद, गुम्बाको संरक्षण गर्दे बर पिपलको संरक्षणका लागि एक वडा तिन चौतारी एक वडा एक पोखरी जस्ता कार्यक्रम संचालन गर्न,होमस्टे सञ्चालन र प्रवर्धनमा जोड दिन तथा रूपा गाउँपालिका वडा नं ६ को भंगारामा पर्यटन प्रवर्धनको सम्भाव्यतालाई मध्येनजर गरी झरना निर्माणको लागि सम्भाव्यता अध्ययन जस्ता कार्यक्रम संचालन गर्नको लागि आर्थिक बिकासको पर्यटन सेवा क्षेत्र तर्फ रकम रु ५५ लाख विनियोजन गरेको छु ।
सिँचाइ क्षेत्र तर्फ
२१. गाउँपालिकाभित्र रहेका कृषियोग्य भूमिहरुमा सिँचाइ सुविधा विकास र विस्तारको लागी संघ सरकार र गण्डकी प्रदेश सरकारसँगको समन्वय समेत हुने गरि रकम रु ३२ लाख बिनियोजन गरेको छु ।
अध्यक्ष महोदय,
सामाजिक बिकास तर्फ रकम रु २१ करोड २३ लाख १० हजार बिनियोजन गरेको छु ।
स्वास्थ्य सेवा
२२. स्वास्थ्य सेवा अन्तर्गत विषेषज्ञ सहित दाँतको उपचार सेवा विस्तार गरिने स्वास्थ्य बीमा कार्यक्रममा बिमामा लाग्ने दस्तुरमा पंहेलो कार्ड बाहेक अपाङ्गहरूको लागि १०० प्रतिशत र सेतो कार्ड बाहक अपाङ्गहरुको लागि ७५ प्रतिशत छुट प्रदान गर्न महिला हरुको पाठेघरको मुखको क्यानसरको निःशुल्क परीक्षणको सेवा निःशुल्क बिशेषज्ञ सहितको स्वास्थ्य शिविर सुरक्षित प्रसुति सेवा,गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने र क्षयरोग सङ्क्रमित बिरामीको उपचारको गर्ने , निःशुल्क एकतर्फी एम्बुलेन्स सेवा कुपोषित वच्चाहरुको सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न
२३. सरुवा रोग, किटजन्य रोग, जलवायु परिवर्तन र रोग तथा महामारी नियन्त्रणलगायत विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यका एकीकृत उपायहरू अवलम्बन गर्न नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि व्यक्ति, परिवार, समाज तथा निकायलाई जिम्मेवार बनाउँदै एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा विस्तार निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरहरु सत्र्चालन जस्ता नागरिक मैत्री कार्यक्रम संचालनको लागि रकम रु ३ करोड ५९ लाख ५० हजार विनियोजन गरेको छु ।
शिक्षा
शिक्षा क्षेत्रको लागि रकम रु १६ करोड ७२ लाख ५० हजार विनियोजन गरेको छु ।
२४. रूपा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास, विषयगत सिकाइ समूह परिचालन, परीक्षा तथा मूल्याङ्कनलाई प्रभावकारी बनाइ, शैक्षिक कार्यपात्रो, शिक्षक डायरी, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक, अनुगमन मूल्याङ्कन, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, विपन्न छात्रवृत्ति, अभिभावक शिक्षक अन्तरक्रिया तथा प्राविधिक शिक्षाका लागि कार्यक्रम कार्यान्वयन गरी दक्ष शैक्षिक जनशक्ती उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२५. आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदानका शिक्षक, बालविकास सहजकर्ता एवम् विद्यालय कर्मचारीका लागि तलब भत्ताका लागि आवश्यक रकम विनियोजन गरेको छु
लैङ्गिक समानता तथा समावेसीकरण तर्फ
२६. जेष्ठ नागरिक, महिला, बालबालिका, जनजाति, बोटे, जलारी, सहिद, वेपत्ता परिवार, अपाङ्ग, मुस्लिम, कुमाल लगायतका पछाडि परेको जातजाति तथा वर्गको सशक्तिकरण तथा सुरक्षाका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरण तर्फ रू ६५ लाख बजेट विनियोजन गरेको छु ।
२७. गाउँपालिका भित्रका अपाङ्गता परिचयपत्र प्राप्त गरेका अपाङ्ग ब्यक्तीहरुले स्वास्थ्य बिमा गर्न रुपाकोट अस्पतालमा पहिलो सेवा केन्द्र राखेमा स्वास्थ्य बिमामा अनुदानको व्यवस्थाको लागी आवश्यक बजेट बिनियोजन गरेको छु ।

२८. उपाध्यक्षसँग महिला कार्यक्रम, मनोपरामर्श तथा सचेतना, आत्महत्या र लागुऔषध दुव्र्यसनी निरुत्साहन लगायत बिभिन्न दिवसीय कार्यक्रमको लागी रु ३ लाख बिनियोजन गरेको छु।
२९. ‘’छोरी काखामाः बचत खातामा ”ः नाराका साथ रूपाकी छोरी कार्यक्रमको समेत प्रारम्भ गर्नको लागि आवश्यक वजेट रु ५ लाख बिनियोजन गरेको छु ।
३०. महिला, बालबालिका तथा लक्षित बर्गहरुको जीवनस्तर सुधारका लागि ब्यबसायिक उत्पादनमा आधारित एक वडा एक घरेलु उद्योग स्थापनाको लागि आवश्यक बजेट बिनियोजन गरेको छु।
३१. गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवालाई ख्याल गर्दै गाउँपालिकाबाटै सेवा प्रवाह गर्न स्थापना गरिएको रूपाकोट अस्पतालको व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३२. गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाई क्षेत्रका निम्ति रू १३ लाख ६० हजार बजेट बिनियोजन गरेको छु।
३३. गाउँपालिकाभित्र फोहरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन, वन तथा भु संरक्षण कार्यक्रमको लागी रु ३३ लाख ५०हजार बजेट विनियोजन गरेको छु।
३४. रूपाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होम स्टे प्रवद्र्धन सहित अन्य पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धनका लागि रू १९ लाख विनियोजन गरेको छु ।
श्रम तथा युवा रोजगार
३५. काम गरी कमाउ स्वदेशमै रमाउ भन्ने नारा अनुसार श्रम र रोजगारीको समग्र पक्षमा कार्य गर्नेगरि रुपा गाउँपालिकाको रोजगार सेवा केन्द्रलाई आन्तरिकीकरण गरी आवश्यक कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका परियोजनाहरूलाई केवल मर्मत सम्भार भन्दा माथि उठेर कृषि पूर्वाधार सिँचाइ, चिस्यान केन्द्र, पर्यापर्यटन सुविधा पदमार्ग, दृश्यावलोकन स्थल, र सडक सोलिङ, ढलान, फोहोरमैला व्यवस्थापन जस्ता दिगो सामुदायिक सम्पत्ति निर्माण गर्ने र स्थानीय उत्पादकत्व बढाउने कार्यहरूमा केन्द्रित गर्दै परियोजना पहिचान र छनोटमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्दै जनसहभागितामा अपनत्व हुने गरि गाउँपालिकाको लागत साझेदारी समेतको लागि रकम रु ५५ लाख विनियोजन गरेको छु ।
वन
३६. कृषकहरूलाई कृषि पेशामा पर्न सक्ने तथा परेको असहजतालाई मध्यनजर गर्दै वन्यजन्तु व्यवस्थापन र बाँदर नियन्त्रण सम्बन्धी विशेष कार्यक्रमको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
३७. सामुदायिक वनमा डढेलो जन्य घटनालाई निरुत्साहन गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी डढेलो नलागेका सामुदायिक वनलाई सम्मान गर्ने, डडेलो रोकथाम तथा नियन्त्रण गर्ने कार्यको लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
खानेपानी
३८. खानेपानीको स्वच्छताले मानिसको गुणस्तरीय जीवनमा प्रभाव पार्ने हुदाँ रूपावासीहरुले पिउदै आएको खानेपानीको गुणस्तर परीक्षण गरी शुद्ध खानेपानी व्यवस्थापनको लागि प्रत्येक वडामा एक वडा एक पोखरी योजनाको लागि आवश्यक वजेट विनियोजन गरेको छु।
३९. गाउँपालिकाभित्र रहेका लिफ्टिङ खानेपानीको मर्मत संभारको लागि लिफ्टिङ खानेपानी मर्मत कोष स्थापना गर्न आवश्यक वजेटको व्यवस्था गरेको छु।
सहकारी तथा उद्योग
४०. सहकारी संस्था स्थापनाको उद्देश्य अनुरुप सञ्चालन हुने व्यवस्था गरिनेछ ।सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि सहकारी शाखालाई थप जिम्मेवारी बनाइ नियमित तथा मुल्याङ्कनको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
४१. व्यावसायिक उत्पादनमा आधारित एक वडा एक घरेलु उद्योग स्थापनाको लागि रकम रु १४ लाख विनियोजन गरेको छु।
कानून तथा न्याय
४२. रूपा गाउँपालिकाबाट जारी गरिएका कानूनको अध्ययन गरी जनस्तरमा न्यायिक समितिको अधिकारक्षेत्र, न्याय सम्पादन प्रक्रिया ऐन, कानून तथा कार्यविधिहरूको बारेमा जानकारी मेलमिलापकर्ताहरूलाइ आवश्यक र प्रभावकारीता संरक्षणात्मक आदेश तथा पिडित राहत कोषलाइ प्रयोगमा ल्याउने लगाएत प्रत्येक नागरिकको हक, अधिकारको सम्बन्धमा प्रत्येक वडा तथा टोल–टोलमा सचेतना मानव अधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन गर्ने आर्थिक दृष्टिले पछाडि परेका वर्ग, समुदाय, दलित, सीमान्तीकृत एवं उत्पीडित वर्गको अधिकार संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालनको लागि रकम रु ६५ लाख विनियोजन गरेको छु ।
युवा तथा खेलकुद
४३. युवाहरूलाई सामाजिक सेवाको भावना विकास गरी नेतृत्व क्षमता अभिवृद्धि गर्न स्वयमसेवक युवा परिचालन नीति लिइनेछ ।आगामी राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितालाई लक्षित गरी प्रशिक्षक प्रशिक्षण तथा खेलाडी विद्यार्थीहरुलाई विधागतरुपमा छनौट गरी तालिमदिने व्यवस्था बालबालिका शारीरिक तथा बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा खेलाडीहरुलाई सम्मान गर्नको लागि युवा तथा खेलकुद क्षेत्रमा रकम रु २४ लाख ५० हजार विनियोजन गरेको छु ।
अध्यक्ष महोदय,
पुर्वाधार क्षेत्रतर्फ रु १० करोड ८९ लाख बिनियोजन गरेको छु ।
पूर्वाधार विकास
४४. रूपामा विकास हुदै गएका पक्की सडकहरुको गुणस्तरलाई दिगो बनाइ थोरै लगानीमा सडकहरूको संरक्षण र संवर्धन गर्न सामग्री सहितको पुर्वाधार च्बउष्म च्भकउयलकभ त्भबm (च्च्त्) को व्यवस्थापन गरी पक्की सडकको नियमित मर्मत सम्भार गर्नको लागि आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।
४५. रूपा गाउँपालिकाबाट सञ्चालन हुने पाँच लाख भन्दा बढीका सम्पुर्ण योजनाहरूको गुणस्तर परीक्षण गर्नको लागि आवश्यक वजेट सहितको व्यवस्था मिलाएको छु ।
४६. रूपा गाउँपालिका, कास्कीको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणको लागि निर्माण व्यवसायीसँग सम्झौता भइ निर्माण कार्यको अगाडि वढि रहेको छ सो योजनको लागि आगामी आर्थिक बर्षको लागि रू ६ करोड विनियोजन गरेको छु ।
४७. रूपा गाउँपालिका वडा नं २ को प्रशासकीय भवन निर्माण क्रमागत योजनाको अन्तिम चरणमा रहेको छ ।
४८. रुपा गाउँपालिका वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो पक्की बनाउनका लागि क्रमागत रकम रु २ करोड १८ लाख विनियोजन गरेको छु ।
४९. रूपा गाउँपालिका, कास्कीको वडा नं १ को वडा कार्यालय जोड्ने सडकका निर्माण अन्तिम चरणमा रहेको छ
५०. गाउँपालिकाभित्र निर्माण हुने झोलुङ्गे पुलहरू (चोरगौँडा बाँस्कोट दोभान खोला झोलुङ्गे पुल, विर्दी दोभान खोला झोलुङ्गे पुल, मोहोरिया रामकोट झोलुङ्गे पुल) निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५१. गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत (स्थानीय सडक, पुल, तथा झोलुङ्गे पुल, भवन तथा सहरी विकास) का निम्ति रु ३ करोड ९७ लाख ४७ हजार विनियोजन गरेको छु ।
वातावरण तथा विपद् व्यवस्थापन
५२. रूपा गाउँपालिकामा बढ्दो जनसंख्या चाप भएको स्थान पहिचान गरी उक्त स्थानबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न ल्याण्डफिल साईडको पहिचान सहित फोहरमैलाको व्यवस्थापन गर्नको लागि रु १७ लाख विनियोजन गरेको छु ।
५३. बाढी पहिरोबाट प्रभावित भएका घरपरिवारलाई पुनर्वासको लागि सुरक्षित नागरीक आवास, मनसुनजन्य विपद प्रभावितहरूलाई आवास कार्यक्रम विपद् व्यवस्थापन कोष खडा भइ सञ्चालन विपद्को बेला खोज, उद्धार, राहत र पुनस्र्थापना गर्न विपद व्यवस्थापन कोषमा रकम थप गरी विपद् पछिको उद्धार, राहत र पुर्नलाभमा विपद् व्यवस्थापन तथा उद्धारका लागि कोषमा रकम वृद्धि गर्न रकम रु २५ लाख विनियोजन गरेको छु
सुशासन, संस्थागत विकास, सेवा प्रवाह र विविध
५४. सुशासन, संस्थागत विकास, सेवा प्रवाह क्षेत्रतर्फ रुकम रु ८३ करोड ५० लाख बिनियोजन गरेको छु ।
५५. नागरीक सहायता टेबल“ राखी सेवा प्रवाहलाई नागरिक मैत्री र विकासमैत्री बनाउन, सेवा करार कर्मचारी अवकाश सुरक्षा कोष कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
भूमि शाखा
५६. रूपा गाउँपालिकाभित्र रहेका जग्गाहरुको अभिलेखिकरण गरि गाउँपालिकाभित्रका वनक्षेत्र लगायतका अन्य क्षेत्रहरूको सिमाङ्कन गरिनुका साथै रूपा गाउँपालिकाका मुख्य सडकहरूको लगत संकलन गरी लगत कट्टा गर्ने रूपा गाउँपालिकाभित्रका भूमिहीन दलित भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित व्यक्तिहरूको जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नका लागि कार्यक्रम अगाडि बढिसकेको छ ।उक्त व्यक्तिहरुको जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्न आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।
उर्जा शाखा
५७. राष्ट्रिय ग्रामिण तथा नवीकरणीय उर्जा कार्यक्रमलाइ निरन्तरता दिदै गाउँपालिका,वडा कार्यालय, विद्यालय, अस्पताल, स्वास्थ चौकी, प्रहरी कार्यालय बजार क्षेत्र तथा विशेष महत्वपूर्ण क्षेत्रमा मिनि सोलार वितरण कार्यक्रम सोलार बत्ती व्यवस्थापन तथा सेवा प्रवाहमा वैकल्पिक उर्जाको व्यवस्थापन लगायतका काम कारबाहीलाई प्रभावकारी बनाउन रकम रु १२ लाख विनियोजन गरेको छु ।
५८. गरिव परिवार पहिचान गरी परिचयपत्र वितरण, किसान सूचिकृत गरि कृषक परिचयपत्र वितरण, भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रमको लागी आवश्यक बजेट विनियोजन गरेको छु।
५९. कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रकम रु ९ करोड ५१ लाख ३० हजार बिनियोजन गरेको छु ।
६०. सेवा प्रवाह चुस्त तथा दुरूस्त गर्नका लागि गाउँपालिकाका ७ वटै वडाको व्यवस्थापन र खर्चका निम्ति आवश्यक रकम विनियोजन गरेको छु ।
६१. रूपा गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको गण्डकी प्रदेश सरकारको मापदण्ड बमोजिम हुने गरी सुविधाका लागि आवश्यक रकम विनियोजन गरेको छु।
६२. गाउँपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको तलब भत्ता लगायतका सेवा सुबिधाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
६३. गाउँपालिका स्थापना दिवस तथा विविध कार्यक्रम आयोजनार्थ आवश्यक रकम विनियोजन गरेको छु ।
६४. गाउँपालिका र अन्य सरकारी तथा गैर सरकारी संस्थाको साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्नका लागि रू ४५ लाख विनियोजन गरेको छु ।
६५. सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रकम रु ८३ लाख ५० हजार बिनियोजन गरेको छु ।
६६. गाउँपालिकाको न्यायीक समिति तथा समाजिक मेलमिलापकर्ता व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
अध्यक्ष महोदय,
६७. आर्थिक बर्ष २०८२।८३ को अनुमानित आय व्यय विवरण र विभिन्न विषयगत क्षेत्रमा खर्च हुने गरी प्रस्तावित शिर्षकगत बजेट तथा कार्यक्रम यसैसाथ पेश गरेको छु ।
६८. संघीय तथा प्रादेशिक कार्यालयबाट हस्तान्तरित बजेट तथा कार्यक्रमहरु सोही बमोजिम कार्यान्वयन गरिनेछ।
६९. आगामी आर्थिक बर्ष २०८२।८३ को आर्थिक विधेयक, २०८२ र विनियोजन विधेयक, २०८२ यसैसाथ पेश गरेको छु।
गाउँपालिका अध्यक्षज्यू,
प्रमुख प्रशासकीय अधिकृतज्यू,
सम्पूर्ण गाउँसभा सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
शिक्षक, सुरक्षाकर्मी, पत्रकार एवम् रूपाबासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरू
७०. नेपालको संविधानको धारा २३० बमोजिम रूपा गाउँपालिका, कास्कीको उपाध्यक्षको हैसियतले सम्मानित गाउँसभामा चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
७१. यस गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ को क्षेत्रगत बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत सहितको अनुमान प्रस्तुत गर्न चाहन्छु।
७२. बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रू ४८ करोड ५५ लाख ३७ हजार खर्च हुने अनुमान गरेको छु । जस अन्तर्गत चालु खर्चका लागि जम्मा रू ३३ करोड ३४ लाख ४८ हजार अनुमान गरेको छु । भने पूँजीगत तर्फ रू १५ करोड २० लाख ५७ हजार खर्च हुने अनुमान पेस गरेको छु ।
७३. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान तर्फ रू ७ करोड ६५ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड तर्फ रू ७ करोड ३२ लाख, नेपाल सरकार ससर्त अनुदान तर्फ रू १८ करोड ७२ लाख , नेपाल सरकार समपुरक अनुदान तर्फ रू ५ करोड ७७ लाख,नेपाल सरकार विशेष अनुदान रकम रू १ करोड ६५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड रू ७८ लाख ३७ हजार, गण्डकी प्रदेश सरकार समपुरक अनुदान तर्फ रु ६० लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान तर्फ रु ९३ लाख ४१ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रू ४० लाख, प्राप्त हुदा न्युनहुने रकम रु ५ करोड ५३ लाख १४ हजार गाउँपालिकाको चालू आ. वको अल्या रकम रु ३ करोड ८९ लाख १४ हजार र चालु आर्थिक बर्षको लागी आन्तरिक स्रोत अनुमान रू १ करोड ६४ लाख व्यहोरिने अनुमान गरेको छु।
७४. आगामि आर्थिक वर्ष २०८२।८३ को आर्थिक विधेययक २०८२ र विनियोजन विनियोजन विधेयक २०८२ यसै साथ पेश गरेको छु ।
७५. उल्लिखित आगामी आर्थिक बर्षको बजेट सम्मानीत सभासमक्ष अनुमोदनको लागि अनुरोध गर्दछु ।
धन्यवाद ।
(लालसुब्बा गुरुङ्ग)