हिमाली आवाज ।माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।
४ जिपिए ल्याउनेमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मी छन् ।

अघिल्लो वर्ष भन्दा यस बर्ष अझ बढि विद्यार्थीले ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराल बताउनुभयो । विद्यालयमा अघिल्लो वर्ष १० जनाले ४ जिपिए ल्याएकोमा यस वर्ष ११ जनाको आएको बरालले बताउनुभयो ।
मदरल्याण्ड माविबाट सहभागी १६६ जना विद्यार्थीहरु मध्ये ११ जना ४ जि.पि.ए र १८ जनाले ३.९६ जि.पि.ए सहित ३.६ भन्दा माथी जिपिए १३७ जनाले, ३.२० देखी ३.६० २८ जनाले र बाँकी १ जनाले ३.०५ जि.पि.ए प्राप्त गरी सतप्रतिशत सफल नतिजा निकालेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिनुभयो ।