अर्जुनचौपारी गाउँपालिकाद्धारा बेवारिसे दुई बालिकाको तुलसीपुरबाट उद्धार

हिमाली आवाज ।अर्जुनचौपारी गाउँपालिकाले आँफ्नै आमाले छोडेर बेवारिसे बनेका बालिकाको उद्धार गरेको छ ।दाङको तुलसीपुरमा फललफुल किन्न गएकी आफ्नै आमा पुजा ठकुरीले नफर्केपछि बेवारिसे बनेका नौ बर्षीय कृतिका र छ बर्षीय क्रिसकालाई पालिकाले उद्धार गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाका दुई बच्चा बेवारिसे बनेको सामाजिक सञ्जालमा देखको एक घण्टामै उद्धारको लागि टोली खटाएको बताउनुभयो ।

जुपु क्षेत्रीले फेसबुकमा दुई बच्चाले अर्जुन चौपारी गाउँपालिका –२ घर भएको भिडीयो हालेसँगै आँफु चड्ने पालिकाको गाडी नै ड्राइभर सहित टोली पठाएको र उद्धार गरेको तिवारीले बताउनुभयो ।पालिकाले थाहापाएसँगै मङलबार नै टोली तुलसीपुर पुगको थियो भने बुधबार जिम्मा लिएको हो ।

पहिलो घर काठमाडौँ भएका दुई बालिका सहित आमा पुजाँ दुई महिना पहिला वडा नं –२ खाल्टेका तारा बहादुर रोका(सेते) रोकासँग आएका थिए ।भारत हिडेका सेतेले बुटवलामा पुजा सहित बालिका भेटेको र सल्लाह पश्चात आफुले ल्याएको बताउनु भयो ।

आफ्नो बाबुको नाम किशोर ठकुरी(रामेछाप) बताउदै बालिका कृतिकाले नयाँबाबुसँग आमासँगै आएको र सँगै बसेको बताउनुभयो ।
आफ्नो पालिकाका बालिका बेवारिसे भएको थाहा पाएपछि उद्धार गरेको बताउदै जो जहाँ जन्मे पनि पालिकाको भनेपछि पहिलो चरणको दायित्व पुरा गरेको बताउनुभयो ।

पालिकाले अब पुरानो बाबु, आमा र नयाँ बाबुको खोजी गरी सल्लाह पश्चात अगाडि बढ्ने बताउदै तिवारीले पहिलो बाबुसँग पठाएर, आमा या नयाँ बाबुसँग पठाएर वा बालगृहमा पठाएर बालिकाको भविष्य राम्रो बन्छ सोही अनुसार कदम चाल्ने बताउनुभयो ।बालिकाको भविष्णको बारेमा नयाँ बिकल्प ननिस्केसम्म पालिकाले आफ्नै सरक्षणमा राख्ने बताएको छ ।

यही असार १२ गते माँइतजाने भनेर तीन जना हिडेको र तुलसीपुरमा दुई बालिका अलपत्र बेवारिसे छाडेर आमा पुजा भागेको र प्रहरीले भेटेर मानबसेवा आश्रमलाई बुझाएको थियो ।

बालिकालाई १५ गते तुलसीपुर चोकमा प्रहरीले भेटेपनि मानबसेवा आश्रममा बुझाएपछि सामाजिक सञ्जालमा आएको थियो र पालिका उद्धारमा जुटेको थियो ।

Comments
Loading...