पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

हिमाली आवाज । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो ।

विदाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताउनुभयो । देशमा दक्ष जनशक्तिको खाँचो रहेको बताउँदै उहाँले इन्जिनियरिङ विधामा स्नातक सकेका विद्यार्थीका लागि विश्व बजारमा नै अवसर खुलेपनि स्वदेशमा नै केही गर्ने सोच राख्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ई. सोम गुरुङले विदाई भएर जाँदै गरेका विद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्दै आगामी दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने विश्वास व्यक्त गनुृभयो ।

कलेजका संस्थापक डाइरेक्टर अम्मर गुरुङले कलेजमा रहँदा सिकेको सिप र ज्ञानलाई आफ्नो जीवनमा उतार्न र उपयोग गर्दै सेवाप्रवाहमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

बिदाई कार्यक्रममा स्वतन्त्र विद्यार्र्थी परिषदका पूर्व सचिव निलम डुम्रेले शुभकामना दिनुभयो । विद्यार्र्थीको तर्फबाट सिभिल इन्जिनियरिङ सातौं समेस्टरका विद्यार्थी अभिनास सुवेदीले स्वागत, विदाई भएका विद्यार्थी सिभिल इन्जिनियरिङ आठौं सेमेस्टरका सुरोज पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन रोशनी केसी र सुजिता शर्माले गुर्नभएको थियो ।

कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङका अनुसार सिभिल इन्जिनियरिङ तर्फका ८१ जना, कम्युटर इन्जिनियरिङ तर्फका २५ जना, बी.आर्किटेक तर्फका २१ जना गरेर स्नातक तह सकेका १२७ जनालाई विदाई गरिएको हो ।

विदाई भएका मध्ये ३.९ एसजीपीए देखि ४ एसजीपीए ल्याउने विद्यार्र्थीलाई सम्मान गरिएको थियो । २३ जनाले चार एसजीपीए ल्याएका उहाँले जानकारी दिनुभयो । विदाई भएका सबै विद्यार्थीलाई मायाँको चिनो प्रदान गरिएको छ ।

प्रशासक गुरुङका अनुसार पोखरा इन्जिनियरिङ कलेजले हालसम्म २ हजार भन्दा बढी इन्जिनियर उत्पादन गरिसकेको छ भने, एमएसी इन कन्स्ट्रक्सन म्यानेजमेन्ट तर्फ २५० हाराहारीमा पास आउट भइसकेका छन् ।

Comments
Loading...