सगरमाथा सेकेण्डरी स्कुलमा नवआगन्तुक विद्यार्थीको स्वागत‌(फोटो फिचर सहित)

हिमाली आवाज । पोखराको सगरमाथा सेकेण्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि आज स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले आज एक समारोहको आयोजना गरी स्वागत तथा अभिमुखीकरण गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्र प्रसाद तिवारीले सगरमाथा विद्यालय सुरुआतदेखीकै उत्कृष्ट कलेका रुपमा देशमा ख्याति कमाएकाले सही विद्यालय छनोट गरेकामा विद्यार्थीलाई धन्यवाद दिनुभयो । उहाँले जीवन सफलता प्राप्तिका लागि आफ्नो रुची अनुसारको विषय छनोट गर्न समेत आग्रह गर्नुभयो ।

कुलपति तिवारीले भन्नुभयो,“आफ्नो रुची र चाहना अनुसारको विषय अध्ययन गरेको खण्डमा सफलता मिल्छ । लगनीशील भएर अध्ययन गर्दा जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु प्रदैन ।”

सगरमाथा स्कुलका पूर्वविद्यार्थी समेत रहनुभएका मुत्र तथा मृगौला रोग विशेषज्ञ डा निरज थापाले आफू सगरमाथाको पहिलो ब्याचको विद्यार्थी रहेको स्मरण गदै विद्यार्थीलाई अनुसाशित भएर अध्ययन गर्न र जीवनमा आइपर्ने चुनौतीहरुलाई सामना गर्न समेत तयार हुनुपर्ने बताउनुभयो ।

सगरमाथा सेकेण्डरी स्कुलका प्राचार्य धनबहादुर थापाले नवआगन्तुक विद्यार्थीहरुलाई हर पल राम्रो शैक्षिक वातावरण निर्माण गर्न आफूहरु प्रतिवद्ध भएर लागेको बताउनुभयो ।

उहाँले शैक्षिक उपलव्धीका लागि विद्यार्थीहरुले समेत कडा मेहनत गर्नुपर्ने खाँचो औल्याउनुभयो । “प्रतिवद्ध भएर कडा मेहनत गरेमा उद्धेश्य सजिलै प्राप्त हुन्छ । लक्ष्य प्राप्तिका लागि मेहनत बढाउनु पर्छ ।” प्राचार्य थापाले भन्नुभयो ।

प्राचार्य थापाले सगरमाथाबाट उत्पादित विद्यार्थीहरु चिकित्साशात्र, इन्जिनियरिङ, निजामती सेवा, वैदेशिक अध्ययन लगायत राज्यका महत्वपूर्ण क्षेत्रमा सदैव अग्रणी र उत्कृष्ट भएर काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुहुँदै सगरमाथा निकेतन स्कुलका प्राचार्य दीलिप शर्माले सगरमाथा विद्यालय स्थापना कालदेखिनै देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित रहेको बताउनुभयो ।

गत वर्षमात्रै कक्षा १२ पूरा गरेका चार जना विद्यार्थीहरु एमविविएसको प्रवेश परीक्षामा ३० औँ, १०२ औँ, १२३ औँ र २०४ औँ स्थानमा नाम निकाल्न सफल भएर देशका प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्र्थीहरुलाई सम्मान गरिएको थियो । यसैगरी पूर्ण छात्रवृत्तिमा विएससी नर्सिड,छात्रवृत्तिमा विदेश अध्ययन गर्ने तथा विभिन्न क्षेत्रमा सफल विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ मा प्रथम, द्धितीय र तृतीय हुन सफल तथा उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा विभिन्न लोक गीत तथा नृत्यका माध्यमबाट मनोरञ्जन प्रदान गरिएको थियो ।

विद्यालयका अनुसार यस वर्ष कक्षा ११ मा विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा विभिन्न १ सय ६९ विद्यालयबाट विद्यार्थी भर्नाका लागि आएका छन् । पोखरा आसपास सहित काठमाडौँ, चितवन, सिराहा, नवलपुर लगायतका जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि भर्ना भएका सगरमाथा सेकेण्डरी स्कुलले जनाएकाे छ ।

Comments
Loading...