हिमाली आवाज । पोखरामा विद्युतीय कर्मशियल भ्यान चेरी वान्डा र जेली ब्राण्डको फारिजोनको विक्री सुरुआत भएको छ ।यी दुई गाडीको पोखराका लागि आधिकारिक बिक्रेता त्रिजल मोटर्सले चाउथेमा रहेको आफ्नो शोरुमबाट बिक्री सुरु गरिएको जनाएको छ ।
चेरी वान्डाका विशेषताहरुमा ५३ दशमलव ५८ किलोवाट क्षमताको क्याटलको थर्ड जेनेरेशनको ब्याट्री, एक पटक पूर्ण चार्जमा ३०० किमी गुड्ने तथा मोटर र ब्याट्रीको वारेन्टी सुविधा रहेको त्रिजल मोटर्सका प्रवन्ध निर्देशक राम प्रसाद लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चेरी वान्डाको मुल्य रु ५६ लाख ५० हजार रहेको छ । प्रवन्धक लम्सालले विना धितो फाइनान्सको सुविधा रहेको समेत बताउनुभयो । “चेरी वान्डाको नेपालमा विक्री सुरु भएपछि ग्राहकहरुबाट राम्रो रेस्पोन्स प्राप्त भएको छ । पोखरामा समेत हामीले हालै बिक्री सुरु गरेका छौँ । यस क्षेत्रमा समेत यस गाडी ग्राहकको रोजाईमा पर्ने विश्वास छ । ” लम्सालले भन्नुभयो ।
यसैगरी अर्को नयाँ प्रडक्ट फारिजोनमा एयर ब्याग, अगाडी पछाडि दुबै तर्फ डिक्स ब्रेक, जेली ब्राण्डको ब्याट्री, एक पटक पूर्ण चार्जमा ४०० सय किमी गुड्ने तथा नेपालमा भित्रिएका अन्य गाडी भन्दा पूर्ण इभी प्लेटफर्ममा बनेको कम्पनीले जनाएको छ । यस गाडीको मोटरको क्षमता १७० किलोवाट रहेको बताइन्छ ।
नेपालमा चेरी वान्डा र फारिजोनको आधिकारिक विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स रहेको छ । देशभर सात वटा बिक्री केन्द्रहरुमार्फत यी गाडीहरु बिक्री भइरहेका छन् । कम्पनीले बिक्रीपछिको सेवालाई समेत स्तरिय बनाउँदै लगेको छ ।