माछापुच्छ्रेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु,शिक्षक पोखरेल घाइते

हिमाली आवाज । कास्कीको माछापुच्छ्रेमा गाउँपालिका–३ घाचोकमा आज पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

पहिरोमा घाइते हुनुभएका शिक्षक सुरज मोहन पोखरेलको मणिपाल अस्पतालमा उपचार गरिदै ।

घाचोकको लस्तीखोलास्थित हेमजा– माछापुच्छ«े सडक खण्डमा विहान ९ः४५ बजे पहिरो खसेको थियो । प्रहरीका अनुसार दिउसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको हो । बंगुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाचोककै शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते हुनुभएको छ । उहाँको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट विद्यालय जाने क्रममा शिक्षक पोखरेल सवार मोटरसाइकलाई पहिरोले पुरेको थियो । घटनामा घाइते शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

Comments
Loading...