पोखराको रानीपौवामा ज्येष्ठ नागरिक मिलन केन्द्र पार्क उद्घाटन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ११ मा ज्येष्ठ नागरिक मिलन केन्द्र पार्क निर्माण गरिएको छ । तुलसी मार्ग ‘ख’ टोल विकास संस्था तथा जगत जननी महिला समुहले सयुक्त रूपमा सो पार्क निर्माण गरेका हुन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको गरी कूल रु १० लाख लागतमा निर्माण गरिएको तुलसी मार्ग ख’ टोल विकास संस्थाका अध्यक्ष हरि प्रसाद बरालले जानकारी दिनुभयो ।

सो पार्कको आज गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले टोल विकास संस्थाको कार्यप्रति खुशी व्यक्त गर्दै आवश्यक अन्य संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिवद्धता जनाउनुभयो ।

पोखरा वडा नं ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले टोल का नागरिक जुजारु भएमा कुनै पनि काम छिटो सम्पन्न हुने बताउँदै विकास निमाणमा मेल मिलाप गरेर अगाडी बढेमा समाज बलियो हुने बताउनुभयो ।

समाजसेवी भोला बरालले पार्क निर्माणका लागि बजेट विनियोजन गरेकामा प्रदेश सरकार र महानगरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले टोलको विकासमा आमा समूह र टोल विकास संस्थाको महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा जगत जननी आमा समूहकी अध्यक्ष वकावली शाक्य, आमा समुहका सचिव सानु जोजीजु लगायतले पार्क निर्माणपछि ज्येष्ठ नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...