हिमाली आवाज । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति कास्कीको ९ औं जिल्ला तथा प्रथम गण्डकी प्रदेश विभागीय अधिवेशन पोखरामा हुने भएको छ ।
यही साउन २२ र २३ गते दुई दिन पोखरामा अधिवेशन हुनेछ । अधिवेशनको सफल आयोजना तथा व्यवस्थापनका लागि युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति, उपाध्यक्ष केदार सापकोटाको संयोजकत्वमा १०१ सदस्यीय व्यवस्थापन समिति र कोषाध्यक्ष चेतराज आचार्यको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ।
अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशन भव्य रुपमा सफल बनाउने गरी आवश्यक सबै तयारीका कामलाई तीव्र बनाइएको छ ।
अध्यक्ष श्रेष्ठले अधिवेशनले निजामती कर्मचारीहरूको हकहित, अधिकार र पेशागत मर्यादा प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
अधिवेशनमा नेपाली काँग्रेस गण्डकीका सभापत िशुक्रराज शर्मा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, प्रदेशसभा सदस्यहरु प्रकाश बराल र सरस्वती गुरुङ, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक केन्द्रीय अध्यक्ष उत्तम कटुवाल, तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको उपस्थिति रहने बताइन्छ ।
कार्यक्रममा युनियनका वर्तमान तथा पूर्व पदाधिकारीहरू, अग्रजहरू, कर्मचारीहरू, शुभेच्छुकहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने बताइएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सर्वसम्मत नेतृत्व चयनका लागि छलफल अघि बढाइएको युनियनले जनाएको छ ।