हिमाली आवाज । रोटरी क्लब अफ पोखरा भ्यालीले अन्नपूर्ण गाउँपालिका–२ स्थित दुर्गा भवानी आदर्श सामुदायिक विद्यालयमा १२ कक्षाकोठाका लागि पंखा वितरण गरेको छ। साउन १६ गते आयोजित एक कार्यक्रमबीच विद्यालयलाई पंखा हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले रोटरी क्लबको यस सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै महत्तवपूर्ण कामहरू गर्न प्रोत्साहन दिनुभयो। यसैगरी अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने यस्ता कार्यको प्रशंसा गर्नुभयो ।
अन्नपूर्ण–२ का वडा अध्यक्ष पिताम्बर भण्डारीले विद्यालयलाई गरिएको सहयोगका लागि रोटरी क्लबप्रति वडाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष कृष्णहरी पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माया अधिकारी, चार्टर प्रेसिडेन्ट जनपुकार मुनाकर्मी, रोटरी क्लबका डिस्ट्रिक्ट अफिसर डिल्ली अधिकारी, अध्यक्ष इलेक्टेड नवीन बरालले रोट्री क्लबको बारेमा साथै दुर्गा भवानी उत्कृष्ट सामुदायिक आधारभूत विद्यालय रहेको मा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रेसिडेन्ट नोमिनी माधव बराल अनिस गौत, झंकनाथ बराल लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु तथा विद्यालयका शिक्षक विद्यार्थीहरूकोे उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक वेदहरि तिमिल्सिनाले विद्यालयको सहयोगमा रोटरी क्लबको भूमिकाबारे प्रकाश पार्दै यस सहयोगले विद्यार्थीहरूलाई पढ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक होमनाथ अधिकारीले विद्यालयको तर्फबाट सबैलाई धन्यवाद दिनुभयो। भने कार्यक्रम सञ्चालन रोट्री क्लब पोखराका सहसचिव रिना पौडेलले गर्नुभएको थियो ।