हिमाली आवाज । नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने भएको छ।प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार जापान प्रस्थान गर्ने भएको छ।
अगस्ट ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा पोखराका बामदेव सुवेदी र मेणुका अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
प्रशिक्षकमा नविन आचार्य र अफिसियलमा नराज बहादुर खड्का र जुना लामिछाने रहनुभएको छ । खड्का नेतृत्वको टिम मंगलबार राति साढे ११ बजे प्रस्थान कार्यक्रम रहेको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।सदस्य सचिव घिसिङले केन्पो काइमा नेपाली खेलाडीले उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा ब्यक्त गर्नुभयो ।
अफिसियल नराजबहादुर खड्काले नेपाली टिमले जापानमा उत्कृष्ट प्रर्दशन गर्दै देशको नाम उच्च राख्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।