हिमाली आवाज । पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् ।
साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन् ।
यसैविच कास्की जिल्ला टेनिस संघले खेलाडी पौडेललाई बुधबार एक समारोहका विच बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताउनुभयो ।
अन्र्तराष्ट्रिय कुनै पनि प्रतियोगितामा भाग लिन पाउनु पोखरेलीका लागि गौरब भएको बताउँदै उहाँले शुभ–कामना व्यक्त गर्नुभयो । विदाई समारोहमा पोखराका अग्रज टेनिस खेलाडी, अभिभावक, टेनिस संघका पदाधिकारी लगायतको सहभागिता रहको थियो । नेपाल शिर्ष वरियता खेलाडी प्रदीप खड्काले कार्यक्रम सञ्चालन गर्नुभयो ।