पोखराको कालिका क्याम्पसमा प्रश्तावना लेखन तालिम सकियो

हिमाली आवाज । पोखराको कालिका बहुमुखी क्याम्पसमा एम वि एसका विद्यार्थीहरु र शिक्षकहरुको लागि एक दिने डिर्जटेशन तथा प्रपोजल लेखन र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो तालिम कार्यक्रममा विषय विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक जस बहादुर गुरुङ्गले डिर्जटेशन सम्वन्धि प्रस्तुतीरण गर्नु भयो । सहभागीहरुद्धारा अनुसन्धान सम्वन्धि सोधिएका प्रश्नहरुको जवाफ दिनुको साथै उहाँले कसरी डिर्जटेशन प्रभावकारी तरीकाले लेख्न सकिन्छ र के के कुरामा वढि ध्यान पुर्याउनु पर्दछ भनी प्रष्ट पार्न भयो ।

त्यसैगरी उप प्राध्यापक सुनिल कोइरालाले प्रपोजलको ढाँचाका बारेमा प्रस्तुतिकरण गर्र्नुु भयो । क्याम्पस प्रमुख बिरन्जी गौतमले विश्वविद्यालयबाट आउनु भएको श्रोत व्यक्ति र सहभागीहरुलाई स्वागत गदै वास्वविक अनुसन्धान गतिविधिले मात्र शैक्षिक प्रगति हुने हुँदा स्नाकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरु र त्यसमा संलग्न सम्पुर्ण शिक्षकहरुले अनुसन्धान मूलक कार्यमा आफ्नो समय बढि दिनु पर्ने बताउनुभयो ।

उहाँले यस्ता कार्यशालाबाट डिर्जटेशन लेखनमा गुणस्तरीयता आउने र अनुसन्धान मूलक लेख लेख्न यसले टेवा पुर्याउने उल्लेख गर्नुभयो । गोष्ठिमा शिक्षक र विद्यार्थी गरी २८ जना सहभागी रहेका थिए । एम वि एस कार्यक्रमका उप–प्राध्यपक सुनिल कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गर्नु भएको थियो ।

Comments
Loading...