अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी प्रभावशाली युवाको सूचीमा

हिमाली आवाज । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी ४० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा पर्नुभएको छ ।
अनलाईन खबरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशभरका ४० वर्ष मुनिका ४० जना प्रभावशाली एवं सामाजिक, आर्थिक, राजनितिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका युवाहरूको सूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई प्रभावशाली युवाको अवार्ड प्रदान गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुग्नुभएका तिवारीले गाउँपालिकामा धेरै उदाहरणीय कार्यहरू गर्नुभएको छ। ३३ वर्षको उमेरमा नै अध्यक्षमा निर्वाचित हुनुभएका तिवारीले अर्जुन चौपारी गाउँपालिकाको बहुआयामिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

अध्यक्षमा निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद , खेल पर्यटन, धार्मिक पर्यटनको उन्नतिमा विशेष ध्यान दिनुभएको छ । उहाँको परिकल्पनामा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर गाउँपालिकालाई जिल्लामा , नेपाल र भारतमा समेत चिनाएको छ।

नवग्रह मन्दिरमा हरेक शनिवार हजारौं श्रद्धालु भक्तजनहरू आउने गर्दछन्। अध्यक्ष तिवारीले पालिकाको विकासका लागि थुप्रै कामहरु गर्नुभएको छ । उहाँको कामलेनै उहाँलाई प्रभावशाली युवाहरुको सूचीमा पर्न सफल हुनुभएको हो ।

Comments
Loading...