हिमाली आवाज । पोखराकै सवैभन्दा पुरानो मन्दिर श्री राधाकृष्ण मन्दिर पोखरा–१७ ड्यामसाईडमा यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी पर्वमा पूजाआराधना तथा कथा प्रवचन हुने भएको छ ।
श्री राधाकृष्ण मन्दिर सञ्चालक समितिले विगत वर्षहरुमा झै यस वर्ष पनि यही साउन हुने ३१ गते शनिवार श्रीकृष्ण जन्माष्टमीका दिन विहान ७ वजे देखि राति १२ बजे सम्म श्रीकृष्ण जन्माष्टमी कथा प्रवचन हुने जनाएको छ ।
दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटाको संयोजकत्व र समुपस्थितिमा युवा पण्डीत गिरिराज पौडेल र ज्यो.पं हिरामणि पौडेल शास्त्रीको मुखारविन्दबाट कथा वाचन हुने मन्दिर सञ्चालक समितिका सचिव रमेश राज पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार सो दिन सङ्गीतमय कथा प्रवचन कार्यकममा पुजाआराधना, कथा श्रवण र प्रसाद ग्रहण कार्यकम र बेलुका ७ वजे सन्ध्या महाआरती हुनेछ । समितिले पुण्य कार्यमा सबै जनालाई सहभागिताका लागि अनुरोध समेत गरेको छ ।