हिमाली आवाज । पोखराको बैदामा रहेको वैदाम लामिछाने दिदी बहिनी समाजले ७५ वर्ष पूरा भएका आमाहरुको सम्मान गरेको छ । समाजले हरितालिका तीज पर्वको सन्दर्भ पारेर समाजका ८ जना आमाहरुलाई सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी न्याश्नल इन्भेन्टिम बोर्डिङ स्कुलका प्राचार्य उमा लामिछाने तथा समाजका अध्यक्ष गोमा ढकालले उहाँहरुलाई सम्मान गर्नुभयो ।
अध्यक्ष ढकालले तिज पर्वको शुभकामना आदाप्रदान सहित तिजको विगत र वर्तमान अवस्थाको चित्रण सहित अनुभव आदान प्रदानका लागि कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा मन्जु लामिछाने, अन्नपूर्ण आमा समुह बैदाम की अध्यक्ष रेनु लामिछाने र सम्मानित आमा कृष्ण कुमारी लामिछाने लगाएत तिजका विविध पक्षका बारेमा भनाई राख्नुभएको थियो ।