स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाको पोखरामा घुम्ती शिविर

हिमाली आवाज । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर गरेको छ ।
पालिकाभित्रका नागरिकहरु जहाँ बसोबास गरे पनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमिा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर गरिएको हो ।
ज्येष्ठ नागरिकको सहजताका लागि पोखरामा गरिएको घुम्ती शिविरबाट २०४ जनाले लाभ पाएको गाउँपालिकाले जनाएको छ ।
शिविरबाट पोखरा बस्दै आएका अर्जुनचौपारी गाउँपालिका वडा–१ का १०, वडा–२ का २९, वडा–३ का २६, वडा–४ का ३३, वडा–५ का २९ र वडा–६ का ७७ जनाले लाभ पाएका हुन् ।
पालिका अध्यक्ष प्रकाश तिवारीले वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी पोखरा सेरोफेरोमा बस्दै आएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई गाउँपालिकाले पोखरामै पुगेर सेवा दिने व्यवस्था मिलाएको बताउनुभयो ।
गाउँपालिकाबाट वडाअध्यक्षसहित पञ्जिकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेको तिवारीले बताउनुभयो ।
Comments
Loading...