हिमाली आवाज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा कुशासनको अन्त्य गरेर सुशासन कायम गर्ने एउटा नयाँ अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका –१ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखी सुरु भएको तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव –२०८२ को उद्घाटन गर्दै उहाँले सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र त्यसका लागि अहिले पनि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,“हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडि बढेका छौँ । देशमा समृद्धि हासिल गर्नका लागि सुशासन अपरिहार्य छ, सुशासन अभियान थालनी गरेका छौँ, यसमा सबैको साथ आवश्यक छ ।”
अध्यक्ष दाहालले तीज पर्व नेपाली महिलाहरुको सम्मानको पर्व रहेको समेत उल्लेख गर्नुभयो । उहाँले मौलिक पर्व तीजलाई मौलिक पर्वको रुपमा मनाउन समेत आग्रह गर्नुभयो ।
दाहालले भन्नुभयो,“मलाई लाग्छ यस्ता कार्यक्रमहरुले हामी सबैमा नकारात्मक भाव हैन सकारात्मक भाव पैदा गर्न, विभाजन र भूकेन्द्रित मनोविज्ञान हैन एकीकृत र केन्द्रिकृत मनोविज्ञान पैदा गर्नेछ । ”
अध्यक्ष प्रचण्डले कास्की जिल्ला आफैमा एउटा सुन्दर जिल्लाको रुपमा र पोखरा महानगर आफैमा विश्वभर प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेकाले प्रकृतिले बनाएको सुन्दर नगर र जिल्लालाई मानविय श्रमद्धारा अझ सुन्दर र विकसित बनाउन सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा श्रष्टा सम्मानतर्फ गोविन्द कोईराला र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए वापत स्व. सिद्धी गौचनका परिवारलाई सम्मान गरिएको थियो ।
महोत्सव उद्घाटन अघि पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाँकी सहितको निकालिएको थियो । इन्द्रेणी एकीकृत विकास समाजको आयोजनामा सुरु भएको महोत्सव आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैँक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरी एक सय ५० व्यापारिक स्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।
्महोत्सव अन्र्तगत तीज गित प्रतियोगितामा प्रथम हुनेले रु ३५ हजार पाँच सय ५५, द्घितीयले रु २० हजार पाँच सय ५५ र तृतियले रु १० हजार पाँच ५५ पुरस्कार पाउने छन ।
ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा सहयोग गर्ने उद्धेश्यले महोत्सव गरिएको हो ।